Sahakari Akhabar

एकैदिन दुई कृती लोकार्पण

एकैदिन दुई कृती लोकार्पण :: Sahakari Akhabar

काठमाडौं । काठमाडौमा एकैदिन दुई कृतिहरु विमोचन भएका छन् । डा. हेमनाथ घिमिरेको गद्य कवितासंग्रह ‘मेरा बीज अक्षरहरू’ तथा भगवती शर्माको डा .हेमनाथ घिमिरे व्यक्ति र कृति समालोचना कृतिको एकै दिन लोकार्पण भएको हो। त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभागका प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा तथा वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा उक्त कृतिहरु लोकार्पण भएका हुन् ।

प्रमुख अतिथि तुलसी दिवसले हेमनाथका कवितामा मौलिक स्वाद भएको विचार व्यक्त गरे । डा. सुबोध शुक्लाले लेखकलाई कविता फाँटमा स्वागत गरेका थिए । कार्यक्रममा पूर्व राजदूत हरिकुमार श्रेष्ठ, पूर्व सहसचिव कृष्णचन्द्र घिमिरे, वरिष्ठ वकिल रामकृष्ण घिमिरे, कवि सीता भट्टराई, डा. निरज भट्टराइ, विनोद भट्टराई लगायतले कवि घिमिरेलाई शुभकामना दिए । कार्यक्रम कवि रन्जु दाहालले सञ्चालन गरेकी थिइन् ।



Leave a comment