हाइलाइट

चित्रा थाम्सुहाङको दोश्रो पुस्तक सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान विमोचन

चित्रा थाम्सुहाङको दोश्रो पुस्तक सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान विमोचन :: Sahakari Akhabar

काठमाडौैं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको दोश्रो पुस्तक ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ विमोचन गरिएको छ । महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरेका थिए ।

पुस्तक विमोचनका क्रममा पूर्व अध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए । महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन ।

उनले भनिन् “सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु ।” महाप्रबन्धक सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि उहाँले ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिइन । 
 



Leave a comment