नेफ्स्कूनमा तरलता अनुपात घट्यो 

नेफ्स्कूनमा तरलता अनुपात घट्यो  :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा तरलता अनुपात घटेको छ । संघले प्रकाशित गरेको मासिक रिपोर्टमा मंसिर मसान्तमा २२.२० प्रतिशत तरलता अनुपात रहेको छ । कात्तिक मसान्तमा संघमा २४.१४ प्रतिशत तरलता अनुपात रहेको थियो । 

कात्तिक महिनामा संघसँग ३ अर्व ८४ करोड १९ लाख रुपैयाँ तरलता रकम रहेकोमा मंसिर मसान्तमा घटेर ३ अर्व ५८ करोड ४० लाख रुपैयाँमा झरेको छ । 

कात्तिकको तुलनामा मंसिरमा संघको बचत संकलन बृद्धि भएपनि ऋण प्रवाह भने स्थिर छ । कात्तिकसम्ममा संघले १५ अर्व ९१ करोड २७ लाख रुपैयाँ बचत संकलन गरी १५ अर्व २५ करोड ३४ लाख ऋण प्रवाह गरेकोमा मंसिर समान्तसम्ममा १६ अर्व १४ करोड ७१ लाख रुपैयाँ बचत तथा १५ अर्व २५ करोड ६६ लाख रुपैयाँ कर्जा दिएको छ । 



Leave a comment