गण्डकी प्रदेशबाट जिसी र मधेश प्रदेशबाट मण्डलको मात्र सञ्चालकमा उम्मेदवारी
लितपुर । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको अध्यक्षमा के.बी.उप्रेतीको मात्र उम्मेदवारी परेको छ । त्यसैगरी सञ्चालकमा राम बहादुर जिसी, विश्वनाथ मण्डलको मात्र उम्मेदवारी परेको हो । गण्डकी प्रदेशबाट जिसी र मधेश प्रदेशबाट मण्डलको मात्र उम्मेदवारी परेको हो ।
बैंकको १६ औ वार्षिक साधरणसभा अन्तरगत पुस ६ गतेका लागि तोकिएको उमेदवारी दर्ताका क्रममा अध्यक्ष उप्रेती र सञ्चालक जिसी र सञ्चालक मण्डलको पदमा अरु कसैले उमेदवारी दिएका छैनन् । निर्वाचन उपसमितिले उम्मेदवारी दर्ताका लागि दिएको पुस ६ गते दिउसो १ वजेसम्मको समयमा अध्यक्ष उप्रेती तथा गण्डकी प्रदेशका तर्फबाट सञ्चालकमा जिसी र मधेश प्रदेश तर्फबाट सञ्चालकमा मण्डलको मात्रै उमेदवारी परेकोले निर्वाचन समितिले जनाएको छ ।
बैंकको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका लागि अन्य पदमा एक भन्दा बढी उमेदवारी परेको छ । अध्यक्ष, सात प्रदेशबाट ७ जना सञ्चालक (२ जना महिला सहित), ३ जना महिला सञ्चालक र ४ जना खुल्ला सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयोजक, खुल्ला सदस्य र महिला सदस्यका लागि उमेदवारी आव्हान गरिएको थियो ।
निर्वाचन उपसमितिले पुस ७ गते ५ बजेसम्म फिर्ता लिन चाहनेहरुका लागि समय दिएको छ । उमेदवारी फिर्ताको समयसम्म धेरै पदमा सर्वसम्मत हुन सक्ने जनाइएको छ । सर्वसम्मत नभएका पदहरुमा पुस १६ गते निर्वाचन हुने भएको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।
Leave a comment