काठमाडौं । सहकारी संस्थाहरुसँग कारोबार गर्दै आएको राष्ट्रिय सहकारी बैंकमा तरलता अनुपात बृद्धि भएको छ । बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार मंसिरमा बैंकमा तरलता अनुपात १९.८६ प्रतिशत पुगेको छ । यसअघि कात्तिक महिनामा भने १८.३९ प्रतिशत थियो ।
मंसिरसम्ममा बैंकले ४० अर्व ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गरी ३४ अर्व ७९ करोड ४८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । कात्तिकमा बैंकले ४० अर्व ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्व १० करोड २२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी घटेको छ ।
बचत संकलन घट्न थालेपछि बैंकले पछिल्लो समय नयाँ कर्जा बन्द गर्दै असुलीमा जोड दिएको छ । बैंकले कर्जा घटाएर भएपनि तरलता अनुपात भने बढाएको हो ।
मंसिरसम्ममा बैंकमा तरलता ८ अर्व ८ करोड १० लाख रुपैयाँ रहेको छ । कात्तिकमा बैंकसँग ७ अर्व ४८ करोड ६४ लाख तरलता रहेको थियो ।
Leave a comment