दुग्ध सहकारी केन्द्रीय संघमा कुँवर

दुग्ध सहकारी केन्द्रीय संघमा कुँवर :: Sahakari Akhabar

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघको अध्यक्षमा अम्बर बहादुर कुँवर चयन भएका छन् । संघको साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा भगिरथ तिमिल्सेना, महासचिवमा रामप्रसाद आचार्य, सचिवमा थानेश्वर सापकोटा, कोषाध्यक्षमा वालकृष्ण उप्रेती चयन भएका छन् ।

संघको खुल्ला संचालकमा भने हरिप्रसाद काफ्ले, हरिहर सुवेदी, रामचन्द्र पाठक, केशब प्रसाद सापकोटा डिल्ली प्रसाद थपलिया, रञ्जना पौडेल र गंगा विसुराल निर्वाचित भएका छन् । यसैगरी प्रदेश १ बाट टिका बहादुर कटुवाल, मधेस प्रदेशबाट दिपेन्द्र कुमार आचार्य, बागमती प्रदेशबाट विदुर हुमागाई, गण्डकीबाट दिपक गौतम, लुम्बिनीबाट लेखनाथ पाण्डेय, कर्णालीबाट इन्द्र प्रसाद लुईटेल र सुदुरपश्चिमबाट भरत बहादुर बिष्ट चयन भए ।

साधारणसभाले लेखा संयोजक नमराज बराल र सदस्यहरुमा शिव प्रसाद कोइराला पर्शुराम विश्वकर्मा चयन भएको संघले जनाएको छ । संघको निर्वाचनका लागि केबी उप्रेतीको संयोजकत्वमा चन्द्रप्रसाद ढकाल र धुव्र चौलागाई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्विरोध निर्वाचन संचालक समितिलाई संयोजक उप्रेतीले प्रमाणपत्र प्रदान गरेका छन् । 



Leave a comment