विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संस्था मोरङले राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाललाई सहकारी व्यक्तित्व सम्मान प्रदान गरेको छ । संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा संघले कदरपत्र सहित सम्मान गरेको हो ।
त्यसैगरी संघले पूर्व सञ्चालक सम्मानमा जिल्ला बचत संघका पूर्व कोषाध्यक्ष दीपकचन्द्र राई, पूर्व सञ्चालक सदस्य भक्तिप्रसाद ढकाल र देवि गौतमलाई सम्मान गरेको छ । त्यस्तै संस्था पुरस्कारमा जनकल्याण साकोस मिक्लाजुङ, एकता भलुवा साकोस केराबारी र नारी संकल्प साकोस उर्लाबारीलाई सम्मान गरेको छ ।
कर्मचारी सम्मानमा मनकामना साकोस पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाई, दीपज्योति नारिविकास साकोस बेलबारीकी व्यवस्थापक गोमा खुलाल, सातमेडी साकोस रतुवामाईका जीवन पोखरेल र लेटाङ साकोसका लेखापाल गणेश अधिकारीलाई सम्मान गरेको छ ।
त्यसैगरी संघले सहकारी अभियानलाई सफल बनाउन सहयोग गर्ने र एकिकरणमा जोड दिने सहकारीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने सहकारीहरुमा शनिश्चरे साकोस र लक्ष्मि महिला साकोश पथरी शनिश्चरे एकिकरण भई बनेको शनिश्चरे साकोस, रमाईलो साकोस, जनएकता साकोस र दलेली साकोस एकीकरण भई बनेको जनएकता साकोस, सहयात्री साकोस, नागदेवी साकोस र झरना साकोस एकिकरण भई बनेको सुन्दरहरैचा साकोस, लर्डबुद्ध साकोस र संस्करण साकोस एकिकरण भई बनेको लर्डबुद्ध साकोस र मनकामना साकोस र समाज कल्याण साकोस एकिकरण भई बनेको मनकामना साकोस रहेका छन् ।
Leave a comment