गोपाल बहुउदेश्यीय सहकारी २२ औं बर्षमा 

गोपाल बहुउदेश्यीय सहकारी २२ औं बर्षमा  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगरमा रहेको गोपाल बहुउदेश्यीय सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको शुक्रबार सम्पन्न २१ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी दिईएको हो ।सहकारीको २१ औं बार्षिक साधारण सभामा अध्यक्ष विरेन्द्र यादवले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यादवद्धारा प्रस्तुत प्रगति प्रतिवेदनका अनुसार ९३ लाख १ हजार ५ सय रुपैया रहेको छ । आर्थिक बर्ष २०७९ / ०८० मा शेयरपुँजी बढाएर १ करोड १५ लाख २५ हजार ५ सय रुपैया पुर्याउने लक्ष्य सहकारीले लिएको छ।

सहकारीको बचत २ करोड ६५ लाख २६ हजार २५१ रुपैया रहेको छ भने सहकारीको ऋण लगानी ५ करोड ८४ लाख ५० हजार ३९७ रुपैया रहेको छ । सहकारीको कोष हिसाव ४६ लाख ९२ हजार ३०२ रुपैया ४७ पैसा रहेको छ । सहकारीको कुल आम्दानी २० लाख ७० हजार ९६४ रुपैया २० पैसा रहेको छ ।

८२ हजार ५३४ रुपैया सहकारीको नगद मौज्दात रहेको छ भने बैंक मौज्दात ३० लाख ३ हजार २४६ रुपैया १० पैसा रहेको छ । सहकारीमा ६५६ जना शेयर सदस्य रहेका छन् । आगामी आर्थिक बर्षमा शेयर सदस्य संख्या बढाएर ७ सय पुर्याउने सहकारीको लक्ष्य छ ।

समाजिक क्षेत्रमा पनि उल्लेख्य काम गर्दै आएको सहकारीले आर्थिक बर्ष २०७९÷८० मा थप विविध  कार्यक्रम गर्ने जनाएको छ । अध्यक्ष यादवहरु प्रस्तुत  थप कार्यक्रमहरुमा विगतमा  गर्दै आएको कार्य तथा कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख छ।

त्यस्तै बहुउदेश्यीय  सहकारी भएका कारण विगत साधारण सभाले गरेको निर्णयको साथै थप अध्ययन गरी संचालन समितिले कार्य संचालन गराउने गरी बढीमा १५  लाखसम्मको संस्थाको पुजँी लगानीमा कृषि अर्गानिक तरकारी खेति तथा पशुपालन, स्टेशनरी तथा पुस्तकहरुको व्यवसाय लगायत अन्य व्यवसाय संचालन गर्ने निति सहकारीको छ ।

त्यसैगरी समाजमा योगदान पुर्याउने समाजसेवी र संस्थामा नियमित कारोबार गर्ने सदस्यहरुलाई सम्मान गर्ने परम्परालाई अझ व्यवस्थित र प्रभावकारी गरिने, विभिन्न बै.क तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरी विभिन्न कोषको रकम अनुदान तथा कर्जा लिई सदस्यलाई वितरण गर्ने, समय सापेक्ष निक्षेपमा व्याजदर परिमार्जन गर्दै लगिने र कर्जाको प्रकारमा  थप गरी व्याजमा परिमार्जन समितिले गर्दै लैजाने, नयाँ  सदस्यलाई अभिमुखीकरण तालिम र पुरानालाई सहकारी शिक्षा तालिम दिने लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

साधारण  सभाको अवसरमा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणिहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा दुर्गा  प्रसाद उप्रेती, भक्त बहादुर श्रेष्ठ, सावित्रा काफ्ले, सुभद्रा श्रेष्ठ, पुजा झा, सिता कार्की, लक्ष्मुण साह, प्रभा यादव, एकाबरी देवी यादव र दिपा कुमारी यादव रहेका छन् ।

समाजसेवी महेश्वर यादवको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष अमृत गुरुङ, जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष माधप अधिकारी, अधिवक्ता सन्जु साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो पैसा सुरक्षित छ की छैन् भनेर शेयर सदस्यले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । सदस्य बन्ने मात्र नभएर सहकारी के हो ? किन आवश्यक पर्यो र यसले मलाई के दिन्छ भन्ने विषयमा सदस्यले जानकारी लिनुपर्ने उनीहरुको भनाई थियो । संस्थाको प्रगतिमा सदस्यहरु पनि सामेल हुनुपर्ने बताउँदै उनीहरुले संस्था कसरी चलिरहेको छ भन्ने विषयमा अनुगमन र मूल्यांकन सदस्यहरुले गरिरहनुपर्ने बताएका थिए ।



Leave a comment