ललितपुर । राष्ट्रिय सहकारी बैंकले १९ औं वार्षिक साधारण सभाबाट संचालक समिति र लेखा सुुपरिवेक्षण समितिको चयनका लागि निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ । मंसिर ११ गते पहिलो पटक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले जानकारी दिए ।
कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ । पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन् । यस्तै पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूची उपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय ९नामावली प्रकाशन० गर्ने रहेको छ । पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ : ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका संकलन र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालकहरूको शपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।
साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य ९कम्तीमा ३ महिला सहित० ७ जना, प्रत्येक प्रदेशबाट एक÷एक जना सञ्चालक सदस्य ९कम्तीमा २ महिला सहित० ७ जना गरी १५ जना सञ्चालक समिति र संयोजक सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति ९कम्तीमा एक जना महिला अनिवार्य० चयन हुनेछन् ।
साधारणभामा २०७९ मंसिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले जानकारी दिए ।
Leave a comment