सहकारीमा समस्या भन्दा हल्ला बढि : मन्त्री पौडेल 

सहकारीमा समस्या भन्दा हल्ला बढि : मन्त्री पौडेल  :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा देखिएको समस्या भन्दा हल्ला बढि भएको वागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले बताएका छन् । मन्त्रालययले बनाएको ‘सहकारी संघ÷संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९’ जारी गर्न आयोजित कार्यक्रममा उनले सहकारीमा विश्वासको वातारण बनाउन आवश्यक रहेको बताए ।

‘एक जनाले सहकारीमा पैसा निकाल्छ अनि बाटोमा फर्किदै गर्दा मैले त पैसा निकाले त पनि निकाल भन्दै हिड्छ’ मन्त्री पौडेलले भने, ‘यहि हौवाको कारण सहकारीमा समस्या भएको छ ।’ उनले केहि सहकारीहरु भने सेवामुलक भन्दा नाफामुखी समेत देखिएको बताए । 

सहकारी रजिष्ट्रारको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने तयारी गरेपनि अर्थ मन्त्रालयको स्वीकृत नपाउदा रोकिएको मन्त्री पौडेलले जानकारी दिए । सहकारी क्षेत्रमा धेरै काम गर्ने चाहाना भएपनि अपेक्षा अनुसार काम गर्न नसकिएको उनले स्वीकार गरे । 

मन्त्रालयमा सचिव बलराम निरौलाले संघियतापछि कार्यान्वयनपछि सहकारीको अनुगमन प्रभावकारी हुन नसकेको बताए । अघिकांश सहकारी स्थानिय तहमा हस्तान्तरण भएपनि त्यहाँ दक्ष जनशक्तिको अभाव रहेको उनले उल्लेख गरे । प्रदेशका सहकारीको अनुगमन प्रभावकारी बनाउनका लागि मन्त्रालय सक्रिय रहेको उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको स्थलगत र गैरस्थलगत अनुगमन गर्नुपर्ने बताए । सबैले बचत तथा ऋणको मात्र कारोबार गर्दा समस्या देखिएको भन्दै त्यसमा सुधार आवश्यक रहेको उनले उल्लेख गरे । 

प्रदेश सहकारी विकास बोर्डका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी सुधारका लागि एक्सन प्लान बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता औल्याए । अनुगमन सरकारको मात्र नभएर अभियानको पनि जिम्मेवारी रहेको भन्दै पहिलो पटक संघहरुलाई पनि अनुगमन गर्ने जिम्मेवारी दिनु महत्वपूर्ण रहेको बताए ।



Leave a comment