हाइलाइट

मासुभात र भत्तामा बिक्छन् सहकारीका सदस्य 

मासुभात र भत्तामा बिक्छन् सहकारीका सदस्य  :: Sahakari Akhabar

बर्षको एक दिन मात्र हैन पुरै दिन आफु सदस्य भएको सहकारी संस्थाप्रति चासो राख्नुपर्ने हुन्छ । यति सदस्यहरु नै सचेत नभएको अवस्थामा सहकारीले बाटो विराउन सक्छ । पैसा डुबिसकेपछि कराउनु भन्दा बेलैमा यस विषयमा ध्यान दिएर संस्थाप्रति चासो चिन्ता व्यक्तगर्ने र संस्थालाई सहि मार्गमा हिडाउन सदस्यले योगदान गर्नुपर्छ

चीना थापा, विराटनगर । यती बेला सहकारीहरुको साधारण सभाको सिजन चलिरहेको छ । कानुन अनुसार सहकारी संस्थाहरुले पुस मसान्तभित्र बार्षिक साधारण सभा गरी प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन नियमनकारी निकायमा बुझाउनुपर्छ । जसले गर्दा हरेक दिनजसो सहकारीका साधारण सभाका कार्यक्रमहरु भइरहेका छन् ।

सहकारी संस्थाका साधारण सभा गर्ने शैली फरक फरक छ । कतिपयले होटल तथा पार्टी प्यालेशमा तामझामका साथ साधारण सभा गर्ने गरेका छन् भने कतिपयले आफ्नै भवनमा साधारण सभा गर्ने गरेका छन् । कतिपय सहकारीले भने थोरै सदस्य बोलाएर साधारण सभा गरेका छन् भने कतिपय भने झारा टार्ने हिसाबले मात्र साधारण सभा गर्ने गरेको देखिएको छ । कतिपयले भने कार्यालयमा हाजिरी राखेर, त्यही सही गराएर साधारण सभा सम्पन्न गरेको उदाहरणहरु पनि प्रसस्तै भेट्न सकिन्छ ।

होटल तथा पार्टी प्यालेसमा वा आफ्नै भवनमा साधारण सभा गर्ने सहकारीले सदस्यहरुलाई मासुभात सहित यातायात खर्चका नाममानगद भत्ताको व्यवस्था गर्छन् । यहि सुविधाले लोभिएर साधारणसभामा पुग्ने सदस्यहरुलाई संस्थाको काम कारवाही तथा निर्णय प्रक्रियामा रुचि देखाउदैनन् ।

धेरै जसो सहकारीका सदस्यलाई साधारण सभामा बस्ने फुर्सद हुँदैन । उपस्थिति भएर हाजिर गर्ने र ५०० रुपैया लिएर हिड्न नै उनीहरुलाई हत्तार हुने गरेको पाईन्छ । बन्द सत्रमा बस्ने सदस्य कमै हुन्छन् । उनीहरुलाई पनि बुझ्ने फुर्सद हुँदैन । सञ्चालक समितिले जे भन्यो त्यसैमा ताली बजाएर बन्द सत्र सक्ने परिपाटी रहेको देखिन्छ ।

पुरा तामझामका साथसाधारण सभा होटलमा गरेको एक सहकारीका व्यवस्थापकले भने, ‘हेर्नु न साधारण सभाको दिन पनि समय दिन सक्दैनन् । सदस्यकै पैसाबाट कार्यक्रम  गरिएको छ, कति खर्च भयो, आफ्नो पैसाको अवस्था के छ ? सहकारीले दिने सेवा सुविधा के हो, केही चासो छैन, आएर हाजिर गरेर भत्ता लिनुहुन्छ र हिडिहाल्नुहुन्छ ।

बर्षमा एक दिन त समय दिनुस् भन्दा पनि सक्नुहुन्न ।’यो समस्या प्रायः सबै सहकारीमा छ । समुदायमा आधारित भएर सहकारीको सिद्धान्त अनुसार चलेका सहकारीलाई सदस्यले समयमा नदिएकोमा चिन्ता भएपनि पैसा कमाउनकै लागि खुलेका सहकारीलाई भने हाईसन्चो भएको छ ।

आफू सदस्य भएको सहकारी संस्थाको हरेक गतिविधमा सहभागी बनी संस्थालाई नजिकबाट निगरानी र अनुगमन सदस्यले गर्नुपर्दछ । संस्थाको उन्नति प्रगतिमा सदस्यले योगदान गर्नुपर्दछ । गैरकानुनी कार्यहरु भएका छन् भने बेलैमा नियन्त्रण गरिएन भने आफ्नो बचत रकम जोखिममा पर्नसक्ने विषयमा पनि सदस्य गम्भीर हुनुपर्दछ ।

वार्षिक लेखापरीक्षण पनि नहुने र साधारण सभा पनि नगर्ने संस्थामा गलत काम कारवाही भइरहेको हुन सक्छ । संस्थामा संचालक समितिको एकाधिकार रहेको र साधारण सदस्यको आवाजको कुनै सुनुवाई÷कदर नहुने हैकमवादी व्यवस्थापन प्रणाली लागू छ कि ? संस्था धनी बन्दै जाने तर संस्थाको भूमिकाको कारणले सदस्यको अवस्थामा कुनै सुधार देखिएन भने सदस्य बन्नुको औचित्य रहँदैन ।

वेलावेलामा वा कम्तिमा महिनाको एकपटक संस्थामा गई निरीक्षण गर्नुपर्दछ ।संकलक वा अन्य व्यक्ति मार्पmत बचत जम्मा गर्ने गरेको छ भने समय समयमा संस्थामा गई आफ्नो रकम÷कारोवार दुरुस्त एवं सुरक्षित छ छैन जाँच गर्नुपर्दछ । यसरी संकलकमार्फत जम्मा गरेको निक्षेपको हिसाबकिताव नमिलेका पनि धेरै उदाहरण भेटिन्छन् ।

साधारणसभा लगायतका सहकारी संस्थाका प्रत्येक व्यवस्थापकीय अंगमा निर्णयका लागि पेश गरिएका प्रस्तावहरु सबै ठिक र उपयुक्त नहुन सक्छन्, बुझेर ठीक भए मात्र स्वीकार गर्नुपर्छ । प्रत्येक सदस्यले संस्थामा हुने निर्णय र क्रियाकलापको बारेमा जानकारी लिई अन्य सदस्यहरुलाई समेत जानकारी दिने, राय प्रतिक्रिया भए सुझाव दिने,गलत निर्णयको विरोध गर्ने कार्यमा पछि पर्नु हुंदैन ।

संस्थाले संकलन गरेको रकम के कस्तो र कुन कुन कार्यमा लगाउंदै छ / खर्च गर्दैछ, संस्थाले आम्दानीबाट खर्च गर्नु पर्नेमा निक्षेप वा बचतबाट पो घर भाडा विजुली, पानी, कर्मचारी तलव तथा सुविधा आदिमा खर्च गर्ने गरेको छ कि, संस्थाले प्रचलित सहकारी सिद्धान्त, सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९, विभागका परिपत्र÷सूचनाहरु, सम्बन्धित सहकारी कार्यालयले दिएको निर्देशन, सुझावहरुको पालना गरे नगरेको सम्बन्धमा स्पष्टसंग संस्थामा गएर वा जान्ने वुझ्ने मान्छे मार्फत बुझ्नुपर्दछ र यदि यी प्रावधान पालना नगरी गैर कानूनी क्रियाकलाप गरेको पाइएमा यस प्रवृत्तिका विरोधमा आवाज उठाउनुपर्दछ वा सहकारी कार्यालयमा उजुर गर्नुपर्दछ किनकी आफूले जम्मा गरेको वचतको सवाल महत्वपूर्ण छ ।

संस्थाका प्रत्येक सदस्यको संस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक, र व्यवसायिक जिम्मेवारी रहन्छ । संस्थाको साधारण सभामा सहभागी भई संस्थाले वर्ष भरि गरेका आर्थिक, व्यवसायिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरुको बारेमा जानकारी लिई चित्त नबुझेका, गलत ढंगले सम्पादन गरिएका विषयहरुमा अन्र्तक्रिया गर्ने, गल्ती गर्ने उपर कारवाहीको माग गर्ने, असल काम गर्नेको प्रशंसा गर्ने, पुरस्कारका लागि पहल गर्ने, भावी योजना तर्जुमा र कार्यक्रम निर्धारणमा सुझाव दिने कार्यहरु गर्नु पर्दछ ।

साधारणसभा लगायतका सहकारी संस्थाका प्रत्येक व्यवस्थापकीय अंगमा निर्णयका लागि पेश गरिएका प्रस्तावहरु सबै ठिक र उपयुक्त नहुन सक्छन्, बुझेर ठीक भए मात्र स्वीकार गर्नुपर्छ । प्रत्येक सदस्यले संस्थामा हुने निर्णय र क्रियाकलापको बारेमा जानकारी लिई अन्य सदस्यहरुलाई समेत जानकारी दिने, राय प्रतिक्रिया भए सुझाव दिने,गलत निर्णयको विरोध गर्ने कार्यमा पछि पर्नु हुंदैन ।

संस्थाको कारोवारमा अनियमितता भएको जानकारी भएमा अन्य सदस्यहरुमा लेखा समितिमा, साधारण सभामा, सम्बन्धित स्थानीय तहमा, सम्बन्धित संघहरुमा लिखित जानकारी गराउनु पर्दछ । आफू सदस्य भएको संस्थामा गैरकानुनी काम हुनबाट बचाउन र गम्भीर प्रकृतिका सम्भावित दुर्घटनाबाट आफू बच्नु र संस्थालाई पनि बचाउनु सदस्यको परम जिम्मेवारी हो ।

त्यसकारण पनि बर्षको एक दिन मात्र हैन पुरै दिन आफु सदस्य भएको सहकारी संस्थाप्रति चासो राख्नुपर्ने हुन्छ । यति सदस्यहरु नै सचेत नभएको अवस्थामा सहकारीले बाटो विराउन सक्छ । पैसा डुबिसकेपछि कराउनु भन्दा बेलैमा यस विषयमा ध्यान दिएर संस्थाप्रति चासो चिन्ता व्यक्तगर्ने र संस्थालाई सहि मार्गमा हिडाउन सदस्यले योगदान गर्नुपर्छ ।



Leave a comment