सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो 

सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो  :: Sahakari Akhabar

काठमाडौं । कोभिड–१९ को महामारी र उच्च मुद्रास्फितीका कारण आर्थिक गतिविधिमा कमि आएसँगै सहकारीको कारोबार पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनमा प्रदेश नं १ मा गत आर्थिक वर्षमा सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घटेको पाइएको छ ।

प्रतिवेदनले २०७८ असारको तुलनामा २०७९ असारमा सहकारी संस्थाको कुल पुँजी १३.९ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारी संस्थाको पुँजी २५.९ प्रतिशतले वृद्धि भएको थियो । 

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारीको कुल बचत १७.८ प्रतिशत र कुल कर्जा २५.५ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारीको बचत ३४.० प्रतिशत र कर्जा ४३.० प्रतिशतले बढेको थियो ।

कारोबार घटेपनि सहकारीका सदस्यहरुको संख्यामा भने बृद्धि भएको छ । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा सहकारी संस्थाको सदस्य संख्या १६.३ प्रतिशत र कर्मचारीे संख्या २६.५ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा सहकारी संस्थाकोसदस्य संख्या १५.८ प्रतिशत र कर्मचारी संख्या १८.५ प्रतिशतले बढेको थियो ।

सहकारीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी ब्याज पाइने र कर्जा लिने प्रक्रिया छोटो भएकाले बचत गर्न तथा ऋण लिन सर्वसाधारणको आकर्षण बढेको प्रतिवेदनमा औल्याइएको छ । 

राष्ट्र बैंकले प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा नमूना छनोट गरिएका १० ठुला बचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा गरिएको विश्लेषण गरिएको जनाएको छ । 
 



Leave a comment