काठमाडौं । राष्ट्रिय सहकारी महासंघले झापाका दुई वटा प्रारम्भिक सहकारी संस्थाहरुलाई एसोसिएट (सहयोगी) सदस्यता प्रदान गरेको छ । महासंघको बिहिबार बसेको बोर्ड बैठकले चारपाने झापामा रहेको सहारा नेपाल बचत तथा क्षण र दमकको मेची बहुउद्देश्यीय सहकारीलाई सहयोगी सदस्य दिने निर्णय गरेको हो ।
महासंघले एक अर्बमाथि कुल पुँजी भएका प्रारम्भिक संस्थाहरुलाई सहयोगी सदस्यता दिने योजना अनुसार दुई संस्था थप भएको हो । महासंघको विधान अनुसार एसोसिएट सदस्यले संचालक समिति चयनको अधिकार भने पाउदैनन ।
सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरहत रहेका छन् । यसको कुल सम्पत्ती १० अर्बमाथि रहेको छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ती करिब साढे तीन अर्ब रहेको छ ।
Leave a comment