काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै

काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडांै विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । २०७९ पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ ।  शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्ने छ । 

महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ÷संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने दावी गरिन् । नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताइन् । 

कार्यक्रकममा वोल्दै डिन वेडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्वन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे। विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष संचालन गरेको यो पहिलो पटक भएको बताए । केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य, र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने वताए । 

पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरीवि निवारणमा सहकारीको योगदान सम्वन्धी अध्ययन अनुसन्धान  कार्यसमेत सम्पन्न गरेको छ ।
 



Leave a comment