काठमाडौं । सहकारी नेताद्धय राजेन्द्र पाण्डे र तारा लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डे नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघका अध्यक्ष हुन् भने लामा राष्ट्रिय सहकारी महासंघको संचालक हुन् ।
पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट धादिङ क्षेत्र नं १ मा उम्मेदवार भएका थिए । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका भुमि प्रसाद त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरेका छन् ।
वागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डे स्वास्थ्य केन्द्रीय संघको स्थापनादेखि अध्यक्ष रहेका छन् । तर संघको नियमित साधारणसभा समेत भएको छैन ।
यसैगरी महासंघको संचालक रहेका लामा नेकपा एमालेबाट कञ्चनपुर–१ मा उम्मेदवार भएका थिए । उनी २४ हजार ८९२ मतले विजयी हुँदा माओवादी केन्द्रकी बीना मगरले १९ हजार ३४६ मत प्राप्त गरेकी छिन् ।
एमाले विभाजन हुँदा समाजवादीमा लागेर सुुदुरपश्चिम प्रदेशको अर्थमन्त्री समेत बनेका लामा मन्त्रीपद सकिएसँगै पुनः एमालेमै फर्किएका हुन् ।
सहकारी ऐनमा सार्वजनिक पदमा बसेको व्यक्ति सहकारी संघसंस्थामा संचालक बस्न नपाउने व्यवस्था रहेपनि पाण्डे र तामाङले उक्त व्यवस्था पालनामा अटेरी गर्दै आएका छन् ।
Leave a comment