काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले वार्षिक शुल्क बुझाउन डेढ दर्जन संघहरुलाई ताकेता गरेको छ । महासंघको संचालक समितिको निर्णय अनुसार लामो समयदेखि वक्यौता रहेका संघहरुलाई शुल्क नबुझाएका संघहरुलाई पत्राचार गर्नुका साथै सार्वजनिक सूचना जारी गरेको हो ।
महासंघले प्रकाशित गरेको सूचना अनुसार १९ वटा जिल्लास्तरिय संघहरुले वार्षिक सेवाशुल्क बुझाउन बाँकी रहेको छ । संघहरुले ३५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ बुझाउनुपर्ने महासंघको सूचनामा उल्लेख छ ।
दुई वर्षअघि महासंघको साधारणसभाले विनियम संसोधन गर्दै वार्षिक सेवा शुल्क वृद्धि गरेको हो ।
यसअघि महासंघले वार्षिक सेवा शुल्क नबुझाएको भन्दै २२ वटा संघहरुको सदस्यता समेत खारेज गरेको थियो ।

Leave a comment