काठमाडौं । ललितपुरका दुई सहकारीकर्मीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका संचालक तथा ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद कुमार मर्हजनले ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि तथा वागमती प्रदेश सहकारी संघका बरिष्ठ उपाध्यक्ष जगत् महर्जनले ललितपुर क्षेत्र नं ३ (क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
दुवै जना नेपाली कांग्रेस निकट सहकारीकर्मी मानिन्छन् । उनीहरु जिल्लाबाट भने उम्मेदवारका लागि सिफारीसमा परेका थिए । तर, केन्द्रीय समितिबाट टिकट नपाएपछि भने उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
दलिय स्वार्थ, अपवित्र गठबन्धन र दलिय सिन्डिकेट अनि सैद्धान्तिक वैचारिकता विहिन प्रवृत्ती विरुद्ध उम्मेदवारी दर्ता गरेको उम्मेदवार शरद् मर्हजनले बताए ।
Leave a comment