काठमाडौं । बाणिज्य बैंकहरुमा भदौं चौथो साता पनि निक्षेप/कर्जाको बृद्धि निरन्तर देखिएको छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा बाणिज्य बैंकहरुमा ८ अर्व रुपैयाँले निक्षेप बढ्दा कर्जा प्रवाह ७ अर्वले बृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरतलाको अवस्था सहज हुदै जाँदा सहकारी क्षेत्रको दवाव पनि घट्दै गएको छ । बजारमा चाडपर्वको चहलपहलले नगद प्रभाव बढेको र बैंकहरुले कर्जा दिन थालेपछि अवस्था थोरै सहज भएको सहकारीका संचालकहरु बताउँछन् ।
यद्यपी सहकारीमा निक्षेप भने बृद्धि हुन सकेको छैन । पछिल्लो समयमा बैंकहरुले १० गुणासम्म प्रतिफल दिनेगरी २१ वर्ष अवधिसम्मका मुद्दति निक्षेप योजनाहरु ल्याएपछि सहकारीको निक्षेप बैंकमा जान थालेको विश्लेषण गरिएको छ । सहकारी संस्थामा अवधि नपुगेका मुद्दति निक्षेप तथा सेयर रकम समेत फिर्ता माग्न थालेपछि दवाव भएको हो ।
ठूला चाडपर्व दशै,तिहार छटजस्ता नजिक आएकाले पनि रेमिट्यान्स आप्रवाह सकारात्मक भएको बताइएको छ । भदौ–असोजलाई रेमिट्यान्स आप्रवाहको मुख्य सिजन मानिन्छ । विदेशमा रहेका नेपालीहरुले पैसा पठाउने भएकाले यो समयमा रेमिट्यान्स बृद्धि हुन्छ । यसैगरी रेमिट्यान्स कम्पनीहरुले पनि दशैलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले पनि एक औपचारिक कार्यक्रममा अर्थतन्त्रमा रहेको बाह्य दवाव केहि कम भएको बताएका थिए । बैंकर्स संघको तथ्यांक अनुसार भदौं महिनाभरीमा बाणिज्य बैंकहरुमा निक्षेप १२ अर्व रुपैयाँले बढ्दा कर्जा पनि कर्जा १२ अर्व रुपैयाँले बृद्धि भएको छ । बैंकमा तरलताको अवस्था सहज भएपछि सहकारीमा पनि केहि सहज भएको हो ।
Leave a comment