काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा रामहरि बजगाइ प्यानलबाट १५ जना र सचिवमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
संघको लेखा समिति सहित १८ जना संचालक कालागि रामहरी बजगाई र नरेन्द्र महर्जनको दुई प्यानल तथा सचिवमा श्यामकृष्ण महर्जनले स्वतन्त्र रुपमा प्रतिष्पर्धा गरेका थिए ।
१८ जनाकालागि भएको निर्वाचनमा बजगाई प्यानलबाट १५ जना नरेन्द्र महर्जन प्यानलबाट दुई जना र सचिवमा स्वतन्त्र उम्मेदवार श्यामकृष्ण महर्जनले जित हाँसिल गरेका हुन् ।
निवर्तमान सचिव समेत रहेका सचिवका उम्मेदवार महर्जन दुवै प्यानलमा नपरेपछि स्वतन्त्र उठेका थिए । उनले १९२ मत प्राप्त गरेका थिए उनका प्रतिष्पर्धी राजु ताम्राकारले ६९ मत ल्याए भने अर्का प्रतिष्पर्धी दिपक घिमिरेले ९८ मत पाएका थिए ।
ललितपुरमा आज भएको संघको संघको निर्वाचन सहितको २८ औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा रामहरी बजगाई निर्वाचित भएका हुन् । बजगाईले २२५ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी नरेन्द्र महर्जनले १३३ मत पाएका थिए ।
प्रतिष्पर्धीलाई ९२ मतले पछि पार्दै बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भए लगत्तै उनले यो कार्यकालपछि नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा बजगाईकै टिमबाट करुणारत्न बज्राचार्य निर्वाचित भएका छन् । उनले २ सय ३३ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी कर्ण देसारले १ सय २५ मत ल्याए ।
त्यसैगरी उपाध्यक्षमा लक्ष्मी शाक्यले २३८ मत ल्याएर बिजयी भइन् भने उनका प्रतिष्पर्धी उज्वला बज्राचार्य शाक्यले १२२ मत प्राप्त गरेकी थिइन् ।
कोषाध्यक्षमा बसन्त मालिले २०४ मत प्राप्त गरेर बिजयी भएका छन् भने उनका प्रतिष्पर्धी बिभुशोन शाक्यले १५४ मत प्राप्त गरेका थिए।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सानुकाजी महर्जन २३५ मत प्राप्त गरेर बिजयी भएका छन् भने उनका प्रतिष्पर्धी किशोर घिमिरेले १२३ मत प्राप्त गरेका थिए ।
लेखा समितिको सदस्यमा कान्छा बज्राचार्य र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी संचालक समितिको सदस्यमा १० जना निर्वाचित भएका छन् ।
बजगाई कम्युनिष्ट विचारधारामा आस्था राख्ने सहकारीकर्मी हुन । उनका प्रतिष्पर्धी महर्जन कांग्रेसमा आस्था राख्ने सहकारीकर्मी हुन् ।
Leave a comment