सहकारीको ऋण तिर्न पूर्वगभर्नरका छोराबुहारीलाई सूचना 

सहकारीको ऋण तिर्न पूर्वगभर्नरका छोराबुहारीलाई सूचना  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाबाट लिएको ऋण तिर्नका लागि पूर्वगभर्नर तिलक बहादुर रावलका छोराबुहारीका नाममा सार्वजनिक सूचना जारी भएको छ । पूल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले रावलका बुहारी श्रृष्टि राणा रावललाई २१ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको हो । छोरा विनय रावल व्यक्तिगत जमानीमा छन् । 
राणा  प्रधान निलम्बित प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबराकी छोरी हुन् । 

रावलले लालीगुराँसबाट ब्यापारीक कर्जा लिएकी थिइन् । उनले कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको, तिर्नका लागि पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकाले सार्वजनिक सूचनामार्फत आग्रह गरिएको संस्थाले जनाएको छ । 

तोकिएको समयभित्र कर्जा नतिरेमा धितो लिलामीको प्रक्रिया अघि बढाइने संस्थाले चेतावनी दिएको छ । 


  
 



Leave a comment