लालीगुराँस, स्वर्णलक्ष्मी र कल्याण उपकार पनि मर्जरमा 

लालीगुराँस, स्वर्णलक्ष्मी र कल्याण उपकार पनि मर्जरमा  :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं र ललितपुरमा संचालित तिन ठुला सहकारी संस्थाहरुबीच एकीकरणका लागि सम्झौता भएको छ । शुक्रबार काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिटबीच एकीकरणका लागि सम्झौता भएको हो । 

राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), जिल्ला सहकारी संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा भएको कार्यक्रममा एकीकरण सम्झौता भएको छ । सम्झौता अनुसार एकीकृत संस्थाको नाम लक्ष्मी कल्याण गुँरास सेभिङ एण्ड क्रेडिट रहने र अध्यक्ष जिबी राई तथा प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहनेछन् । 

एकीकरणपछि संस्थाको सदस्य संख्या ११ हजार ४५९, शेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार, जगेडा कोष १३ करोड, १७ लाख ९६ हजार,  अन्य कोष ३ करोड ८२ लाख ८१ हजार र संस्थागत पुँजी २५ करोड ४९ लाख पुग्नेछ । यसैगरी बचत ८ अर्ब ३३ करोड ७५ लाख,  ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख पुग्ने प्रस्तावित अध्यक्ष जिवी राईले जानकारी दिए । 

तरलता अभावको समस्या सुरु भएपछि काठमाडौं उपत्याभित्रका सहकारीबिच भएको यो तेस्रो मर्जर सम्झौता भएको हो । यसअघि नेशनल आइडल यमुना बचत तथा ऋणमा ५ वटा, शुभसेवा बचत तथा ऋणमा ९ वटा र राष्ट्रिय बहुउद्देश्यीयमा ११ वटा सहकारीहरुले एकीकरणका लागि सम्झौता गरेका छन् । 



Leave a comment