सहकारीको संचालकलाई थुनेर समस्या समाधान हुदैन : उप्रेती

सहकारीको संचालकलाई थुनेर समस्या समाधान हुदैन : उप्रेती :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी सहकारीका सञ्चालकलाई पक्राउ गरेर समस्याको समाधान नहुने दावी गरेका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १२ औं स्थापना दिवसका अवसरमा बोल्दै समस्यामा परेका संस्थाहरुमा निक्षेप फिर्ताका लागि वातावरण बनाउन आवश्यक भएको उल्लेख गरे । 

निक्षेप फिर्ता दिन नसकेको ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई सदस्यको उजुरीका आधारमा पटक पटक पक्राउ गरेपनि बचत फिर्ता नभएको उदाहरण दिदै उप्रेतीले समस्या समाधानका लागि समय दिनुपर्ने बताए । उनले राज्य र सहकारी अभियान मिलेर सहकारीका समस्या समाधान गर्नुपर्ने बताएका छन् । 

पछिल्लो समयमा सहकारीमा समस्या देखा परेको भन्दै सहकार्यबाट मात्रै समाधान निस्कने उप्रेतीले बताए । एकदुईवटा सहकारीमा समस्या आउँदा समग्र सहकारी अभियानलाई प्रभाव पर्ने भन्दै उनले समस्यै आउन दिन सजग हुनुपर्ने बताए । 

अध्यक्ष उप्रेतीले ५ प्रतिशत पनि बैंकसँग कारोबार नगर्ने सहकारीलाई सहयोग गर्न नसकिने बताए । ‘बैंकसँग कारोबार गर्ने सहकारीलाई हामीले कर्जा उपलब्ध गराइरहेका छौं’ उनले भने । 
 



Leave a comment