सहकारीमा अर्को बिग मर्जर  ः ११ वटा संस्था एकीकरण हुँदै 

सहकारीमा अर्को बिग मर्जर  ः ११ वटा संस्था एकीकरण हुँदै  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुबीच एकीकरणको लहर चलेको छ । काठमाडौंका ५ वटा सहकारीहरुको एकीकरण सम्झौताभएसँगै काठमाडौं र ललितपुरकै एक दर्जन सहकारी एक आपसमा गाभिन लागेका हुन् । 

काठमाडौंका ९ र ललितुरका दुई सहकारी  गरी ११ वटा संस्थाहरु एक आपसमा मर्जर हुन लागेका हुन् । आज दिउसो तीन बजे औपचारिक कार्यक्रम गरी मर्जर सम्झौता हुदैछ । मर्जर सम्झौता गर्न लागेका सहकारीहरुमा जीवनदिप, सदस्य सेवा, शुभलाभ, शुभरत्न, गंगाजल, अष्ट र एभरट्रष्ट बचत तथा ऋण सहकारी तथा साईन, नैतिक, हाम्रो सेवा र सर्वोच्च बहुउद्देश्यीय सहकारी रहेका छन् ।

मर्जरपछि शुभसेवा बचत तथा ऋण सहकारीको नामबाट कारोबार गर्ने सहमति भएको छ । यसैगरी एकीककृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शितल प्रसाद शर्मा रहने छन् । एक महिनाभित्र साधारणसभा गरी आगामी तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ । एक साताअघि काठमाडौंका ५ वटा सहकारीहरुले एकीकरणका लागि सम्झौता गरेका थिए ।



Leave a comment