काठमाडौं । सहकारीमा असुरक्षा बढेको भन्दै सुरक्षा ब्यवस्थाकालागि सहकारीले विभाग गुहार्न थालेका छन् । सहकारीमा बचत फिर्तामा चाप बढेसंगै जोखिमपनि बढ्दै गएकोले सहकारीले सुरक्षाको आवश्यकता महसुस गरेको पाइएको छ ।
सहकारीमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्य तथा अन्य ब्यक्तीले आक्रमण गर्ने क्रम बढेकोले सहकारी विभागले गृह मन्त्रालयलाई सुरक्षा प्रवन्ध गरिदिन आग्रह गरेको छ ।
सहकारी विभागले गृहलाई पत्र लेख्दै सहकारीका कर्मचारी तथा संचालकलाई अभद्र ब्यवहार साथै कुटपिट समेत गर्ने गरेको गुनासो आएपछि विभागले समन्वय गरिदिन पत्र लेखेको हो । पछिल्लो समय बैंक वित्तिय संस्था लगायत सहकारीमा पनि तरलता अभाव देखिन थालेको छ ।

Leave a comment