वागमती प्रदेशले भन्यो, एक सहकारीमा मात्र सदस्य भएर कारोबार गर्नुहोस् 

वागमती प्रदेशले भन्यो, एक सहकारीमा मात्र सदस्य भएर कारोबार गर्नुहोस्  :: Sahakari Akhabar

काठमाडौं । वागमती प्रदेश सरकारले एक प्रकृतिको एक मात्र संस्थामा सदस्य बनेर कारोबार गर्न आग्रह गरेको छ । सहकारीमा समस्या बढ्दै गएपछि सर्वसाधारणका लागि सूचना जारी गर्दै एक स्थानिय तहको एक सहकारीमा मात्र कारोबार गर्न भनेको हो । 

संघिय सहकारी ऐनमा नै कुनै व्यक्तिले एक स्थानिय तहको एक प्रकृतिको एउटा मात्र सहकारीमा मात्र सदस्य बन्न पाउने ब्यवस्था गरिएको छ । सहकारी ऐन जारी भएको ५ वर्ष वितिसक्दा पनि यो ब्यवस्था कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत्रमा एक व्यक्ति आधा दर्जन भन्दा बढि बचत तथा ऋणमा कारोबार गर्ने गर्दै आएका छन् । 

प्रदेश सरकारको भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय सहकारीका सदस्य र सर्वसाधाणका लागि भन्दै जारी सूचनामा सेयर खरिद गरेर मात्र कारोबार गर्न, संस्था समूदायमा आधारित हो या हैन बुझेर मात्र कारोबार गर्न, संस्थाले उद्देश्य अनुसार कारोबार गरेको छ या छैन यकिन गर्न सचेत गराएको छ । 

सहकारीहरुले तोकिएको सन्दर्भ ब्याजदर भन्दा बढी ब्याज लिन नपाउने, ब्याजलाई साँवामा जोडी पुनःसावाँ कायम गरेर ब्याज लिन नपाँउने भएकाले ऋणको कारोबार गर्दा यसलाई ध्यान दिन र बढि ब्याज लिएको पाइएमा प्रमाणसहित मन्त्रालयमा उजुरी दिन समेत आग्रह गरिएको छ । 

न्यूनतम एक कित्ता शेयर खरीद गर्ने सदस्यले पनि संस्थाका सबै अधिकार प्रयोग गर्न पाउने भन्दै र निश्चित रकमको शेयर खरीद गर्ने सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराउने र शेयर लाभांश, संरक्षित पूँजी फिर्ता गर्ने लगायतका रकमहरु दिने, राहत कार्यक्रमहरुमा सहभागी गराउने, संचालक र लेखा सुपरिवेक्षण समितिमा त्यस्ता सदस्यहरुको प्रतिनिधित्व रहने जस्ता विभेद गरेमा संस्थामा कुरा उठाउन र सुधार नभएमा उजुरी गर्न आग्रह गरिएको छ । 

यस्ताे छ सूचना :-



Leave a comment