सहकारी विरुद्धको विज्ञापन स्थगित

सहकारी विरुद्धको विज्ञापन स्थगित :: Sahakari Akhabar

काठमाडौं । विज्ञापन बोर्डले ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकारी सूचना स्थगित गरेको छ । चौतर्फी आलोचना भएपछि बोर्डले उक्त सूचना स्थगित गरेको हो । ‘विभिन्न प्रकारको द्धुविधा उत्पन्न भएकाले सरोकारवाला पक्षको आग्रहबमोजिम उक्त विज्ञापन हाललाई स्थगित गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले पठाएको पत्रमा उल्लेख छ ।

बोर्डले सञ्चारमाध्यमलाई पहिलोपटक साउन २३ गते र दोस्रोपटक संशोधन गरी भदौ २ गते ‘बचत गर्दा ध्यान दियौं’ सूचना पठाएको थियो । तर, द्धुविधा सिर्जना भएको भन्दै अर्को आदेश नभएसम्मका लागि उक्त विज्ञापन प्रकाशन नगर्न÷नगराउन बोर्डले निर्देशन दिएको हो ।

समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि सर्वसाधारणलाई सचेत बनाउन भन्दै सूचना जारी गरिएको सापकोटाले बताएका थिए । नयाँ सूचनामा बैंक, वित्तीय संस्था र सहकारीमा बचत राख्दा बिचार पु¥याउन आग्रह गरिए पनि विरोध हुने क्रम नरोकिएपछि बोर्ड उक्त सूचना हटाउन वाध्य भएको हो ।

बोर्डले भदौं महिनामा प्रकाशित गर्न बनाएको ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकारी सूचनामा सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा संस्थाको विश्वसनिता परिक्षण गर्न, बढी ब्याजको लोभमा नफस्न सुझाव भनेको थियो ।

गत आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्था सुरु भएको तरलता अभावको समस्या बैंक तथा वित्तीय संस्था र सहकारीले पनि भोग्दै आइरहेका छन् । यस्ता सरकारी सूचनाले सहकारीप्रति विश्वास घट्दै जाने र यसबाट समग्र संस्थाहरुलाई असर पर्ने भएकाले सरोकारवालाले त्यतिबेलैदेखि विरोध गर्दै आएका थिए । 

 



Leave a comment