काठमाडौं । विज्ञापन बोर्डले ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकारी सूचनाको ब्यहोरा सच्याएको छ । समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि सर्वसाधारणलाई समेत बनाउन भन्दै सहकारी लगायत वित्तीय संस्थामा कारोबार गर्दा सचेत हुन भन्दै बोर्डले सूचना बनाएको थियो । तर, सूचनाको ब्यहोरामा सहकारी संचालकहरुले विरोध गरेपछि बोर्डले सच्याएको हो । नयाँ सूचनामा बैंक, वित्तीय संस्था र सहकारीमा बचत राख्दा बिचार पु¥याउन आग्रह गरिएको छ ।
यसअघि बोर्डले पत्रपत्रिकामा भदौं महिनामा प्रकाशित गर्न बनाएको ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने लोककल्याणकारी सूचनामा सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा संस्थाको विश्वसनिता परिक्षण गर्न, बढी ब्याजको लोभमा नफस्न सुझाव आग्रह गरिएको थियो । उक्त सूचना परिवर्तन बैंकमा जम्मा गर्दा पनि सचेत हुन आग्रह गरिएको हो ।
गत आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्था सुरु भएको तरलता अभावको समस्या सहकारीमा पनि देखिन थालेको छ । तरलता अभाव भइरहेका बेला जारी भएका सूचनाले सहकारीप्रति विश्वास घट्दै जाने र यसबाट समग्र संस्थाहरुलाई असर पर्ने सरोकारवालाहरु बताउँछन् ।
Leave a comment