काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । ३५ औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष डिबी बस्नेतले पुरस्कृत हुनेहरुको ब्यक्ति तथा संस्थाहरुको नाम घोषणा गरे ।
वार्षिक उत्सवमा घोषणा गरिएको सम्मान/पुरस्कार संघको वार्षिक साधारणसभाको कार्यक्रममा प्रदान गर्ने प्रचलन रहेको छ ।
संघले संस्थापक अध्यक्ष पुरस्कार नारी सेवा साकोसका अध्यक्ष सहना पसखल र इन्द्रग्राम पुर्नमिलन साकोसका पूर्व अध्यक्ष धनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । यस्तै नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान वर्दघाट सुस्ता नवलपरासीको ग्रामीण साकोस र नेफ्स्कून सर्वोत्कृष्ट महिला संस्था सम्मान बछ्यौली नारी चेतना साकोस चितवनलाई प्रदान गर्ने घोषणा भएको छ ।
यस्तै उत्कृष्ट व्यवस्थापक सम्मान बिन्धवासिनी साकोसका खिलबहादुर लामा स्यांतान (केबी लामा), उत्कृष्ट कर्मचारी सम्मान प्रेमनाथ वाग्ले र रुपन्देही फिल्ड कार्यालयका फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद जैशी (धमला) लाई प्रदान गर्ने भएको छ ।
प्रदेशस्तरीय उत्कृष्ट साकोसमा प्रदेश नं. १ बाट मोरङको लेटाङ, मधेसबाट रौटहतको संकल्प साकोस, बाग्मतीबाट काभ्रेको चण्डेश्वरी, गण्डकीबाट गोरखाको सप्तकोशी, लुम्विनीबाट पाल्पाको अन्धकार मुक्ती, कर्णालीबाट सुर्खेतको समाज कल्याण र सुदूरश्चिमबाट कैलालीको एकता प्रगतीशिल साकोस सम्मानित हुनेछन् ।
त्यस्तै प्रदेश नं. १ उत्कृष्ट व्यवस्थापकमा दाम्रा भिट्टा साकोस मोरङका सोमनाथ अर्याल, मधेसमा स्वस्तिक साकोस सर्लाहीका विनोदकुमार थापा, बाग्मतीबाट सामूहिक साकोस, भक्तपुरका कविन्द्र धौबन्जार सम्मानित घोषणा भएका छन् ।
त्यस्तै गण्डकी प्रदेश उत्कृष्ट व्यवस्थापकमा मध्यनेपाल साकोस नवलपुरका नरभुपाल भुसाल, लुम्विनीमा सिको साकोस बर्दियाका हरीहर पौडेल, कर्णालीमा जनकल्याण साकोस सुर्खेतका खुमलाल न्यौपाने, सुदुरपश्चिममा जनकल्याण साकोस कैलालीका छविलाल जैशीलाई दिने घोषणा गरिएको छ ।
नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट इलामकी सीता भट्टराई, सिन्धुलीका महेन्द्रप्रसाद ढकाल सम्मानित हुने नेफ्स्कूनले घोषणा गरेको छ । उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघबाट सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ नेफ्स्कून विद्धता पुरस्कारबाट काठमाडौंका देशमर्दन बस्न्यात, नेफ्स्कून पत्रकारिता पुरस्कारबाट नेपालपत्र न्यूजका सम्पादक माधवकुमार खड्का सम्मानित हुने भएका छन् ।
नेफ्स्कून प्रतिभा पुरस्कारबाट प्रकाश भुर्तेल,साकोस अभियानमा एकीकरणमा उत्कृष्ट सहकारीमा बर्दियाको हाम्रो मध्यावति साकोस पुरस्कृत भएको बस्नेतले घोषणा गरे ।
Leave a comment