काठमाडौं । स्थिरीकरण कोषमा ११ करोड रकम संकलन भएको छ । कोष सञ्चालनको अन्तिम तयारीमा जुटेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अनुमति पाएसँगै कार्यान्वयन सुरु गर्ने तयारी गरेको छ ।
योगदान गर्ने सहकारी सहकारी संस्थाका तर्फबाट स्थिरीकरण कोषमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्याल र सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा मनोनित भएका छन् ।
कोषको सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट दिलिपकुमार गौतम, नेपाल राष्ट्र बैंकबाट रामकाजी खाइजु, सहकारी मन्त्रालयबाट टिकाबहादुर कुँवर, सहकारी विभागबाट टोलराज उपाध्याय, राष्ट्रिय सहकारी विकास बोर्डबाट अनिल राज उपाध्याय सदस्य छन् ।
यसैगरी राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंकबाट ज्ञानबहादुर तामाङ सञ्चालक छन् । कोषमा जिल्ला संघ सहित २ सय ५६ प्रारम्भीक संस्था र संघ आबद्ध भइसकेका छन् ।
Leave a comment