हाइलाइट

सहकारी बैंकलाई आईसीबीएको सदस्यता

सहकारी बैंकलाई आईसीबीएको सदस्यता :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकलाई अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ (आईसीबिए) को सदस्यता प्राप्त भएको छ । संघमा विश्वभरका ५४ वटा सहकारी बैंक सदस्य छन् । संघले विश्वभरका सहकारी बैंकबीच सहकार्य तथा प्रवर्धन गर्दै आएको छ ।

सहकारी बैंकको विकासमा सल्लाह र सहयोग गर्ने, साँझा चासोका विषयमा अध्ययन र अनुसन्धान गर्ने गरेको छ ।  पूँजी निर्माणमा पनि सघाउने गरेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघको एक अंगको रुपमा रहेको अन्तर्राष्ट्रिय सहकारी बैंकिङ संघ विश्वभर रहेका सहकारी बैंकहरुको शीर्ष निकाय हो ।



Leave a comment