गौतमश्री सहकारी समस्याग्रस्त घोषणा तयारी 

गौतमश्री सहकारी समस्याग्रस्त घोषणा तयारी  :: Sahakari Akhabar

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित हुने भएको छ । सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिसकेको रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए ।

सहकारी ऐनको दफा ८० को अधिकांश प्रावधान कार्यान्वयन नगरेको भन्दै विभागले समस्याग्रस्त घोषणा गर्न लागेको हो । रजिष्ट्रार पण्डितले बिहीबार नै मन्त्रालयमा सिफारिस गरिएको उनले बताए । ‘मन्त्रालयले यथोचित निर्णय गर्ने छ’ उनले भने ।

संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्टलगायत अन्य सञ्चालक तथा उच्चपदस्थ कर्मचारी पनि फरार छन् । संस्थाको साढे ५ अर्ब भन्दा बढी रकम जोखिम छ । निक्षेप फिर्ता नपाएको भन्दै एक हजार भन्दा बढी सदस्यले विभागमा उजुरी दिएका छन् । 
 



Leave a comment