काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी सहजीकरण संयन्त्रको तयारी गरेको छ । महासंघले सहकारीमा तरलता अभाव हुन नदिन कार्ययोजना बनाउने भएको हो ।
तरलता अभावकै कारण निक्षेप फिर्ता दिन नसकेपछि पछिल्लो समयमा एक पछि अर्को सहकारी समस्यामा पर्न थालेका छन् । राष्ट्रिय सहकारी महासंघको संयोजनमा प्राविधिक समिति बनाइएको छ ।
उक्त समितिले तरलता अभावबाट बच्न कार्ययोजना बनाउने भएको छ । कार्ययोजनाका लागि महासंघका सञ्चालक र महाप्रबन्धक, सहकारी बैंक, नेफ्स्कून, प्रदेश संघको प्रतिनिधित्व छ ।
प्राविधिक कमिटीका सदस्य एवम् बागमती प्रदेश संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले संस्था भाग्ने क्रम बढेपछि अभियानले कार्ययोजना बनाएर समस्या समाधान गर्न लागेको बताए ।
‘अभियानमा आबद्ध संस्थालाई ढाडस दिने, संरक्षण गर्नुका साथै कसरी जोगाउने भनेर कार्ययोजना बनाउन लागेका छौं’ घिमिरेले भने,राम्रो काम गदैगर्दै समस्यामा परेका सहकारीको पनि समाधान गर्ने योजना छ’ उनले भने ।
जिल्लाको नेतृत्व परिचालन गरेर देशभरकै सहकारीको समस्या समाधान खोज्ने तयारी भएको छ । महासंघले सहकारी सहजीकरण संयन्त्र बनाएर विगत केही दिन छलफललाई प्राथमिकता दिएको छ ।
तरलता अभावका समयमा निक्षेप फिर्ता गर्न समय लाग्ने भएकाले कर्जा नउठने सम्भव नहुने उनले बताए । कतिपय अवस्थामा कानुनी प्रक्रियाबाट ल्याएपछि सदस्यको निक्षेप फिर्ता गर्नुपर्ने हुन्छ ।
‘बचतकर्तालाई विश्वस्त हुने वातावरण बनाउनुपर्छ’ अवस्था बिग्रदै गयो भने सहकारीबाट पैसा झिकेर घरमा पैसा राख्न सक्ने खतरा हुन्छ ।’ नगदको अभाव रोक्न सदस्यलाई कन्भिन्स गर्नुपर्ने सहकारीकर्मी बताउँछन् ।
व्यक्तिगत तथा कम्पनीको रुपमा चलेका संस्थामा समस्या आउँदा अरु सहकारीलाई असर पर्ने हुँदा चिन्ता थपिएको शर्मा बताउँछन् ।
‘हद बढ्दै गयो भने सीमा भन्दा बाहिर जान्छ,’ शर्मा भन्छन्, सहकारीमा दवाव छ, यसलाई अभियानले गम्भीर रुपमा लिएको छ।’ पछिल्लो समयमा अभियानले गम्भीर भएर योजना बनाउने, सरकारसँग छलफल गर्न जुटेको सहकारीका अगुवाहरु बताउँछन् ।
Leave a comment