स्मृति बहुउद्देश्यीय सहकारीका सञ्चालक सम्पर्कविहिन

स्मृति बहुउद्देश्यीय सहकारीका सञ्चालक सम्पर्कविहिन :: Sahakari Akhabar

काठमाडौं । डिल्लीबजारस्थित स्मृति बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सम्पर्कविहिन भएका छन् । लामो समयदेखि कार्यालय बन्द गरी सञ्चालक फरार भएपछि बचतकर्ताले बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उजुरी दिएका छन् । 

६ महिनादेखि निक्षेप फिर्ता पाउन नसकेको भन्दै बचतकर्ताहरुले उजुरी गरेका हुन् । ५ करोडको कारोबार गर्दै आएको संस्थाको अध्यक्ष देवेन्द्र श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण पौडेल, सचिव गितादेवी श्रेष्ठ, कोषाध्यक्ष किरण माझी तथा सदस्यहरु दिनेश ढुंगाना, अन्जन पौडेल, खिना ढुंगाना सम्पर्क विहिन भएको पीडित बचतकर्ताहरुले बताएका छन् । 

कपन ६ का टिकाराम श्रेष्ठले १० लाख ५० हजार, दिपेन्द्रकुमार श्रेष्ठ (नवीना श्रेष्ठ, प्रिन्सा श्रेष्ठसमेत गरी १० लाख १० हजार ९ सय ५५ र हर्कबहादुर श्रेष्ठले ४ लाख ३६ हजार ४ सय ४ रुपैयाँ निक्षेप फिर्ता नपाएको गुनासो गरेका छन् । बचतकर्ताको उजुरीपछि प्रदेश रजिष्टार कार्यालयले १५ दिनभित्र सम्पर्कमा आउन संचालकहरुलाई पत्राचार गरेको छ । संस्थामा २ हजार ५ सय सदस्य छन् भने ५ वटा सेवाकेन्द्र रहेको छ । 
 



Leave a comment