काठमाडौं । उत्पादनमा सहकारी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारले उत्पादनमुलक क्षेत्रका सहकारीलाई पुँजीगत तथा मेसिनरी अनुदान दिने कार्यक्रमलाई प्राथमिकता दिएपनि टाठाबाठा तथा पहुँचवालाहरुले विभिन्न ठाउँबाट अनुदान लिने गरेको पाइएको छ । संघ तथा प्रदेश सरकारबाट अनुदान लिएका सहकारीहरुले स्थानिय तह तथा विभिन्न सामाजिक संस्थाबाट समेत अनुदान दिने गरेका हुन् ।
महालेखाले वागमती प्रदेशका सहकारीहरुले एक भन्दा बढि सरकारी निकाय तथा सामाजिक संस्थाबाट अनुदान लिएको औल्याएको छ । महालेखाको प्रतिवेदनमा नुवाकोट बेलकोटगढी नगरपालिकाको वर पिपल कृषि सहहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जोनबाट ३१ थान मिनिटिलर, बेलकोटगढी नगरपालिकाबाट चिलिङ भ्याट र अक्सफाम नेपालबाट २ लाख सहयोग लिएको छ।
यसैगरी संस्थाले कृषि विकास निर्देशनालयबाट समेत ५० प्रतिशत अनुदानमा २८ लाख ६५ हजारको फुल बडी ढुवानी ट्रक अनुदान पाएको छ । अनुदानसम्बन्धी कार्यविधि अनुसार संस्थाहरुले दोहोरो अनुदान लिन पाइदैन ।
तर, सहकारीलाई अनुदान वितरण गर्दा यो ब्यवस्था पालना नभएको र पहुँचका भरमा एक भन्दा बढि निकायबाट अनुदान लिएको महालेखाले जनाएको छ । प्रदेश एकीकृत अनुदान व्यवस्थापन कार्यविधि–२०७६ को बुदा नं ८ मा दोहोरो हुनेगरी अनुदान उपलब्ध नगराउने ब्यवस्था छ ।
दक्षिणकालिको श्रीकृष्ण सहकारी संस्थाले निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा २८ लाख ६५ हजार हजारको एक थान ट्रक, २० लाख ६० हजारको सिङगल क्याब ट्रक अनुदानमा लिएपनि स्थानीय तहबाट तरकारी संकलन केन्द्रका लागि भवन निर्माण तथा विभिन्न निकायबाट पटक–पटक गरी ६ थान ट्याक्टर अनुदानमा बुझेको छ ।
यस्तै काभ्रे नमोबुद्धको बज्रबाराही कृषि सहकारी संस्थाले कृषि ज्ञान केन्द्र र सिप्रेडबाट पोखरी, टनेल निर्माण, विउवीजन तथा किसान दुई परियोजनाबाट प्राविधिक तालिम तथा विउँविजन सहयोग लिनकाु साथै निर्देशनालयको ५० प्रतिशत अनुदानमा २२ लाख ६० हजारको सिंगल क्याब पिकअप समेत लिएको छ ।
नमुना कृषि बहुमुखी सहकारी मनहरीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जोन र कृषि ज्ञान केन्द्रबाट सहयोग आएपनि के कति हो भन्ने विषय खुलाइएको छैन निर्देशनालयबाट पनि ५० प्रतिशत अनुदानमा २२ लाख ६० हजारको सिंगल क्याब पिकअप समेत लिएको छ ।
एनजिओबाट ५० प्रतिशत अनुपादनमा किबी विरुवा र जिल्ला कृषि विकास कार्यालयबाट प्राविधिक सहयोग लिएको हिमगिरी पैर्यामन्त्री कृषि सहकारीले पनि निर्देशनालयबाट सिङगल क्याब पिकअप अनुदान पाएको छ ।
सहकारीबाहेक निर्देशनलायले अनुदान दिएका कृषिक समूहहरुले पनि एक भन्दा बढि ठाउबाट अनुदान लिएको महालेखाले जनाएको छ । यसैगरी काल्ड स्टोर संचालनका लागि अनुदान दिएको संस्थाले आफुले हाल्नुपर्ने रकम स्थानिय तहबाट अनुदान लिएको भन्दै कोल्डस्टोर संस्थालाई नदिन समेत महालेखाले निर्देशन दिएको छ ।
Leave a comment