गौतमश्री सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई सहकारी विभागको पत्र 

गौतमश्री सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई सहकारी विभागको पत्र  :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई पत्र पठाएको छ । विभागले सहकारीको केन्द्रीय कार्यालय रहेको कुलेश्वर, तथा सेवा केन्द्रहरु र गोदाम तथा सम्पूर्ण चल अचल सम्पत्ति विभागको अनुमति बिना बिक्री बितरण गर्न नपाउने गरी शिलबन्दि गर्न प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागलाई पत्र लेखेको हो ।

सहकारीका सदस्यले आज सहकारी विभागमा निक्षेप फिर्ता नपाएको भन्दै उजुरी दिएका थिए । सहकारी विभागका अनुसार हालसम्म  एक हजार ७५ जनाले बचत फिर्ता नपाएको उजुरी दिएका छन् । साथै विभागले संचालक तथा ब्यवस्थापकको बैंक खाता रोक्का राख्न पनि नेपाल राष्ट्र बैकलाई पत्र पठाएको जनाएको छ ।

 



Leave a comment