भरतपुर महानगरपालिकामा सहकारीलाई ५० हजारसम्म ब्यवसाय कर 

भरतपुर महानगरपालिकामा सहकारीलाई ५० हजारसम्म ब्यवसाय कर  :: Sahakari Akhabar

चितवन । भरतपुर महानगरपालिकाले सहकारी संघसंस्थाबाट बार्षिक ५० हजार रुपैयाँसम्म व्यवसाय कर उठाउने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले बार्षिक करका दरहरु निर्धारण गर्दै मख्य कारोबार वचत तथा ऋण गर्ने सहकारी संघसंस्थाहरुबाट सम्पति तथा दायित्वको आधारमा कर निर्धारण गरेको हो । 

महानगरपालिकाले ७५ करोड रुपैयाँ भन्दा माथी कारोबार भएका बचत तथा ऋण सहकारीहरुलाई ५० हजार, ५० करोडदेखि ७५ करोडसम्मको कारोबार भएकालाई २० हजार, ३० करोडदेखि ५० करोडसम्मलाई १२ हजार, १० करोडदेखि ३० करोडसम्म ८ हजार, एक करोडदेखि १० करोडसम्म ५ हजार, एक करोडसम्मकालाई एक हजार कर निर्धारण गरेको छ । 

यस्तै नेफ्सकून सेवा केन्द्रलाई १५ हजार, जिल्ला सहकारी सघंलाई १० हजार, चितवन जिल्ला वचत तथा ऋण सहकारी सघलाई ५ हजार, गैर वित्तिय विषयगत सहकारी सघहरुलाई ३ हजार र सहकारी बैंक शाखा कार्यालय २० हजार कर तोकेको छ । 

महानगरले मुख्य कारोबार बचत तथा ऋण नगर्ने सहकारी संस्थालाई २ हजार व्यवसाय कर तोकेको छ । यस्तै महानगरबाहिर मुख्य कार्यालय भइ सेवाकेन्द्र खोल्ने सहकारीका लागि १० हजार कर लाग्ने ब्यवस्था गरेको छ । 


 



Leave a comment