हाइलाइट

गिरिजाप्रसादको अनुरोधमा सहकारी बोर्डको पहिलो अध्यक्ष 

गिरिजाप्रसादको अनुरोधमा सहकारी बोर्डको पहिलो अध्यक्ष  :: Sahakari Akhabar

–दीपकप्रकाश बास्कोटा

२०४६ सालमा जनआन्दोलन भयो र जनआन्दोलनको बहुदलीय व्यवस्था पुनःस्थापना भयो । बहुदलीय व्यवस्था स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । अन्तरिम सरकारको कृषि तथा वन मन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो ।

उहाँले साझा महासंघ परामर्श दातृ समिति नामक एउटा कमिटी गर्नुभएको थियो । त्यसको अध्यक्षमा राधाकृष्ण मैनाली हुनुहुन्थ्यो । त्यो समितिमा सुवासचन्द्र नेम्वाङ, कुलचन्द्र अधिकारीलगायत पनि हुनुहुन्थ्यो । त्यो कमिटीले एउटा सुझाव तयार पारेर २०४८ पछि मन्त्रिपरिषद्लाई बुझाएको रहेछ त्यो सुझावलाई कार्यान्वयन गर्ने क्रममा तत्कालीन कृषि मन्त्री शैलजा आचार्यले पहल गर्दै हुनुहुँदो रहेछ ।

२०१८ सालमा राजाको संरक्षकत्व रहने गरी विश्वबन्धु थापालगायतले साझा केन्द्र गठन गर्नुभएको रहेछ । त्यो केन्द्रले सहकारी महासंघले गर्न खोजेको काम गर्न खोजेजस्तो देखियो । त्यसैलाई विघटन गरेर राष्ट्रिय सहकारी विकास बोर्ड गठन गर्ने कुरा उठिरहेको रहेछ, त्यो समय ।

खासगरी, साझा केन्द्रकै भवन र भौतिक सम्पत्तिलाई प्रयोग गर्ने गरी बोर्ड गठन गर्ने कुरा उठेको रहेछ । कृषि मन्त्री अध्यक्ष र अरुचाहि सञ्चालकहरू राख्ने अवधारणा पनि अघि सारिएको रहेछ । त्यो बोर्डलाई प्रजातान्त्रिक प्रणालीअन्तर्गत सहकारीको ऐन मस्यौदा गर्ने जिम्मा दिने टुङ्गो पनि लागेको रहेछ । त्यस्तो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजाने तयारीसमेत भइरहेको रहेछ ।

संयोगबस, त्यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेभन्दा अघिल्लो दिन म पूर्णकुमार शेर्मा र तोयानाथ भट्टराई मन्त्री शैलजा आचार्यलाई भेट्न गएका थियौँ । सो भेटमा मलाई आचार्यले सोध्नुभयो, तपाईले त चियाबगान सञ्चालन गर्नुभएको छ रे । अहिले चिया विकास निगमको अध्यक्ष खाली छ ।

तपाई निगमको अध्यक्ष भइदिनुपर्यो। मैले भनें, दिदी, मेरो आफ्नै चियाबगान छ, मेरो अरू पनि काम छन् । म निगमको अध्यक्ष भएर काम गर्न म्याउँदिन्न । जिल्लामा मैले धेरै काम गर्नुपर्नेछ । म अत्यन्त व्यस्त छु । यदि चुनाव जितेर मन्त्री दिएको भए पनि मैले सायद सोच्नुपर्थाे होला ।

तत्कालीन समयमा राजाले नै साझा केन्द्र गठन गरेको हुँदा त्यसलाई खारेज गरेर बोर्ड गठन गर्न राजाकहां नै लैजानुपर्ने भएको हुँदा सबै प्रक्रिया पुर्याउने काम बाँकी भने छंदै थियो । त्यो बोर्डमा अर्थ मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, कृषि मन्त्रालयको सचिव, सहकारी विभागको रजिष्ट्रार, कृषि विकास बैकको महाप्रबन्धक पदेन सदस्य रहने व्यवस्था थियो ।

मन्त्री आचार्यले भन्नुभयो, चांडै नै मेरो अध्यक्षतामा दुइटा बोर्ड गठन हुँदै छ एउटा, सहकारी विकास बोर्ड र अर्को दुग्ध विकास बोर्ड । चिया विकास निगममा नबस्ने हो भने तपाई यी दुईमध्ये एउटा बोर्डमा चाहिँ बसिदिनुस् र मलाई सहयोग गरिदिनुस् ।

उहाँको प्रस्तावपछि मैले स्वीकृति जनाउदै भनें, हुन्छ, त्यसो भए मलाई सहकारी बोर्डमा राखिदिनुस्, म बेलाबेला हुने बोर्डको बैठकमा आएर तपाईलाई सहयोग गर्छु मसंगै मन्त्री आचार्यलाई भेटन जानुभएका तोयानाथ भट्टराईले चिया विकासको अध्यक्ष बन्ने चाँहना व्यक्त गर्नुभयो । मन्त्री आचार्यसँगको अर्को भेटमा हामीले भट्टराईलाई निगमको अध्यक्षमा सिफारिस गर्यो र उहाँ अध्यक्ष पनि बन्नुभयो ।

मसंग छलफल भएको केही दिनपछि मन्त्री आचार्यले सहकारी बोर्डको सदस्यमा मेरो नाम राखेर मन्त्रिपरिषद्को बैठकमा लैजानुभएछ । तर मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश हुने बेलामा बोर्ड सदस्यहरूको नाम गिरिजा बाबुले हेर्नुभएछ । सदस्यमा मेरो नाम देख्ने बितिकै उहाँले भन्नुभएछ, ए. म दीपक बास्कोटालाई राम्ररी चिन्छु । उ काठमाडौं आएको छ, उसलाई सदस्य होइन, अध्यक्षमा राख ।

मन्त्री किन अध्यक्ष बस्नुपन्यो ? मन्त्री त मन्त्री नै भइहाल्यो नि । मन्त्री आचार्यले उनले कार्यकारी अध्यक्षमा बस्दिन भनेका छन् भन्नुभएछ । त्यसपछि गिरिजा बाबुले भन्नुभएछ, म उनलाई राम्ररी चिन्छु । उनले मान्दैनन् भने म भन्छु, उनलाई नै अध्यक्ष राख्नुपर्छ ।

भोलिपल्ट गिरिजा बाबुलाई भेट्न म पूर्णकुमार शेर्मा र तोयानाथ भट्टराई बालुवाटार गर्यो । मैले ढोकाबाट एउटा खुट्टा मित्र छिराउने बित्तिकै गिरिजा बाबुले भन्नुभयो, ए दीपकजी, तपाईले शैलजाजीलाई बोर्डमा बस्दिन भन्नुभएछ । मैले तपाईंलाई अध्यक्षमा राखेको छु ।

तपाईंले फिदिममा चियाबगानमा जस्तो काम गर्नुभएको छ, अब सहकारी बोर्डमा रहेर देशव्यापी रूपमै त्यस्तै काम गर्न र गराउन ऐन, नियमको मस्यौदा गरेर ल्याउनोस र काम पनि गर्नोस । गिरिजा बाबुको कुरा सुनेपछि मेरो त जिउ नै सिरिङ भयो ।

मैले उहाँलाई भनें, म तपाईंले भन्नुभएको काम इमानदारितापूर्वक गर्नेछु । मेरो सोच र कार्यले मान्यता पाएको अवसरको रूपमा लिनेछु । त्यसपछि राज्यमन्त्री सो सरहको सुविधा दिने गरी मेरो अध्यक्षतामा बोर्ड गठन गर्ने कुरा अघि बढ्न थाल्यो ।

तत्कालीन समयमा राजाले नै साझा केन्द्र गठन गरेको हुँदा त्यसलाई खारेज गरेर बोर्ड गठन गर्न राजाकहां नै लैजानुपर्ने भएको हुँदा सबै प्रक्रिया पुर्याउने काम बाँकी भने छंदै थियो । त्यो बोर्डमा अर्थ मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, कृषि मन्त्रालयको सचिव, सहकारी विभागको रजिष्ट्रार, कृषि विकास बैकको महाप्रबन्धक पदेन सदस्य रहने व्यवस्था थियो ।

यो उच्च स्तरीय बोर्ड थियो तर म किसानको छोरो थिएं र भर्खर आन्दोलनबाट उठेर आएको थिएं । मलाई ठुलो जिम्मेवारीबोध भयो । गिरिजा बाबु, शैलजा आचार्य र चक्र बाँस्तोलाको विशेष सहयोगले सहकारी ऐन २०४८ समयमै आउन सक्यो ।

गिरिजा बाबुको मलाई बोर्डको अध्यक्षमा राखेको छु, फिदिममा टीमा जे गरेका छौ, सहकारीबाट देशभरि त्यस्तै गर्नुपर्छ भन्ने कुराले मलाई यति धेरै ऊर्जा मिल्यो, मैले करिब २०–२२ वर्षसम्म सहकारी क्षेत्रमा स्वयंसेवी भएर काम गरें  । गिरिजा बाबुको भिजन अनुरूप नै मैले त्यसपछिका दिनमा सहकारी आन्दोलनलाई अघि बढाए ।

सहकारी ऐन, नियम कस्तो बनाउने भनेर गहन अध्ययन गरें । अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारी ऐन, नियमहरू कस्ता छन्, त्यस विषयमा पनि अध्ययन गरें  ।  जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नतिर लागें म । त्यही क्रममा दुई वर्षमा ऐन ल्याएँ । गाउँदेखि केन्द्रसम्मको संगठन खडा गरें । राष्ट्रिय सहकारी संघ (हालको महासंघ) पनि गठन गरें र म त्यो महासंघमा निरन्तर १७ वर्षसम्म अध्यक्ष भएर काम गरेँ ।

(विहिबार बिमोचन गरिएको बास्कोटाको पुस्तक निष्ठाको यात्राबाट)  



Leave a comment