काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ले प्रमुख कार्यकारी अधिकृत राख्ने निर्णय गरेको ७ महिनापछि नियुक्ती प्रक्रिया सुरु गरेको छ ।
संघ एक वर्षदेखि निमित्त सिइओको भरमा चलिरहेको छ । तत्कालिन सिइओ कृष्णप्रसाद आचार्यले राजिनामा दिएसँगै कास्कुन २०७८ असारदेखि सिइओ विहिन छ । आचार्यले एक वर्षमै राजिनामा दिएपछि संघले अरुण तिवारीलाई व्यवस्थापनको भूमिकाका सम्पूर्ण जिम्मेवारी दिएको छ । कास्कूनले साउन ९ गते दरखास्त आह्वान गरी १५ दिनभित्र आवेदन दिन भनेको छ ।
संघले नवौं तहको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मागेको हो । ३० वर्ष पूरा भई ४५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउँछ । व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नाकोत्तर वा सो सरह उतीर्ण गरी सहकारी, बैंक तथा वित्तीय संस्थामा ७ वर्ष काम गरेको अनुभव भएको व्यक्तिले जिम्मेवारी पाउनेछन् ।
कम्प्युटर सञ्चालनमा विशेष दख्खल भएको, तालिम सञ्चालन, व्यवसायिक योजना निर्माण, प्रतिवेदन लेखन, प्रस्ताव तयारी, बजारीकरणसम्बन्धी ज्ञान भएको, अंग्रेजी भाषा बोल्न, लेख्न जान्ने र सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्तिले अवसर पाउने छन् ।
यससँगै कास्कूनले थप चार जना कर्मचारी मागेको छ । चौथो तहको वरिष्ठ सहायक (क्यासिएर) एकजना मागेको छ । १९ वर्ष पूरा भई ३५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउँछन् । प्रमाणपत्र उतीर्ण, सम्बन्धीत काममा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । आधारभुत कम्प्युटर ज्ञान र लेखासम्बन्धी जानकारी हुनुपर्ने छ ।
तेस्रो तहको सहायक (बजार प्रतिनिधि) २ जना मागेको छ । १९ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, प्रमाणपत्र उतीर्ण गरी सम्बन्धीत काममा एक वर्ष काम गरेको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छ । आधारभुत कम्प्युटर तालिम र लेखासम्बन्धी जानकारी भएको, दुई पांग्रे सवारी चालक अनुमतीपत्र भएको व्यक्तिले अवसर पाउने छ ।
प्रथम तहको कार्यालय सहयोगी एक जना मागिएको छ । एसईई वा सो सरहको २१ वर्ष पूरा भई ३५वर्ष ननाघेको तथा सम्बन्धीत काम गर्न जानेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।
छनोट प्रक्रिया आवश्यकता अनुसार लिखित, प्रयोगात्मक तथा प्रस्तुतीकरण र अन्र्तवार्ताबाट हुनेछ । छोटो सूचीमा परेकालाई मात्र छनोटका लागि बोलाइने उल्लेख छ । आवेदन संघको कार्यालय तथा इमेलबाट पनि आवश्यक कागजातसहित पठाउन सकिने जनाइएको छ ।
पदपूर्ती समितिले नियुक्तिमा उदासीनता देखाउँदा ७ महिनासम्म प्रक्रिया नै सुरु हुन सकेको थिएन । कोभिड र आर्थिक मन्दीका कारण तत्कालै प्रक्रिया अघि बढाउन नसकिएको पदपूर्ती समितिका संयोजक एवम सचिव शालिकराम पुडासैनीले बताएका थिए ।
याे पनि पढ्नुहाेस्
Leave a comment