सिभिल सहकारी ठगी प्रकरण : तामाङ पत्नी शाक्य पक्राउ

सिभिल सहकारी ठगी प्रकरण : तामाङ पत्नी शाक्य पक्राउ :: Sahakari Akhabar

काठमाडौं । सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकी लेखा समिति सदस्य  सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी सम्बन्धी कसूर तथा संगठित अपराधमा फरार शाक्यलाई मंगलबार पक्राउ गरेको हो । 

शाक्य सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङको श्रीमती हुन् । तामाङसहित १२ जनाविरुद्ध सीआईबीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठ हाल पुर्पक्षका लागि थुनामा छन् । 

पक्राउ पूर्जी जारी भएको ६ महिनापछि प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो । २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी भएका प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । 

सिभिलले आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभनमा ठूलो संख्यामा बचतकर्तालाई ठगेको  आरोप छ । सहकारीले ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ ठगी गरेको कसूरमा मुद्दा चलाइएको हो । 

निक्षेपकर्ताले तीन वर्षदेखि बचत फिर्ता पाएका छैनन् । सावा तथा ब्याज पटक पटक अनुरोध गर्दासमेत नपाएको भन्दै १ हजार ५ सय ३० जना पीडितले ब्यूरोमा जाहेरी दिएका छन् । 



Leave a comment