हाइलाइट

एमाले सहकारी विभाग सदस्य तामाङ पहिलो बैठकमै अनुपस्थित : कुनै जिम्मेवारी पाएनन् 

एमाले सहकारी विभाग सदस्य तामाङ पहिलो बैठकमै अनुपस्थित : कुनै जिम्मेवारी पाएनन्  :: Sahakari Akhabar

काठमाडौं । सामाजिक संजालमा असन्तुष्टि जनाएपछि नेकपा एमालेको सहकारी विभाग सदस्य बनेका सहकारीकर्मी ज्ञानबहादुर तामाङ पहिलो बैठकमै अनुपस्थित भएका छन् । विभाग विस्तार गरेको डेढ महिनापछि उनलाई एमालेको सहकारी तथा गरिबी निवारण विभागको सदस्य बनाइएको थियो । तर, मनोनीतमा परेपछिको पहिलो बैठकमा उनी अनुपस्थित भए ।

विभाग विस्तार गर्ने क्रममा तामाङ अटेका थिएनन् । विभागमा नपरेपछि उनले पार्टी राजनीति छोडेर व्यवसायिक र सामाजिक जीवन बिताउने भन्दै फेसबुकमा लेखेका थिए । एक सदस्यका अनुसार उनको नाम प्राविधिक कारणले छुटेपनि शुक्रबार बसेको बैठकमा आउन नचाहेको बताए । तामाङको असन्तुष्टीका कारण बैठकले थप जिम्मेवारी पनि दिएको छैन ।

तामाङ पदमै बस्न अस्वीकृत गरेकाले उनलाई थप जिम्मेवारी नदिएको एक सदस्यले बताए । त्यतिबेला आफ्नो नाम नपरेपछि एमालेको कुनै तह र तप्कामा नरहेको घोषणा गरेका थिए । फेसबुकको स्टाटसकै कारण पार्टीमा जोडिन नैतिक समस्या परेको बुझिएको छ ।

तामाङ जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक रहेका हुन् । स्रोतका अनुसार सहकारी क्षेत्रमा आफु भन्दा कम योगदान भएका व्यक्तिलाई सदस्य बनाएर आफुलाई वाइपास गरेको भन्दै तामाङ असन्तुष्ट बनेका थिए । 



Leave a comment