काठमाडौं । सहकारी क्षेत्रमा बलियो संगठन बनाएको नेकपा एमालेले पार्टीको आर्थिक स्थिति सुधार्नका लागि यसै क्षेत्रलाई उपयोग गर्ने भएको छ । पार्टी निकट व्यवसायीबाट मासिक ५ हजार रुपैयाँ उठाउने निर्णय गरेको एमालेले यसका लागि सहकारीकर्मीलाई प्राथमिकता दिएको छ ।
एमालेको ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान सुरु गरेको छ । एमालेको सहकारी विभागको बैठकमा ५० जना पार्टी सदस्यहरुले यस अभियानको सुरुवात गरेका हुन् । यद्दपि पार्टीले उनीहरुको परिचय भने खुलाएको छैन । पार्टीले यो अभियानमा सहभागी हुन चाहनेले मोवाइल बैकिङ तथा इसेवाबाट क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरेको छ ।
विभागका सदस्यलाई संघहरुको जिम्मेवारी
एमालेको सहकारी सहकारी तथा गरिवी निवारण विभागले प्रदेश तथा विषयगत सहकारी संघ हेर्ने जिम्मेवारी तोेकेको छ । विभागको वैठकले ७ प्रदेश, विभिन्न विषयगत संघ, प्रशिक्षण डेक्स, सूचना तथा सञ्चार डेक्स, कार्यालय व्यवस्थापन र अनुगमनका लागि जिम्मेबारी तोकेको एमाले पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले बताए ।
विभागले गरेको कार्य विभाजन अनुसार प्रदेश नं. १ को संयोजन गर्ने जिम्मेवारी रामचन्द्र उप्रेती, मधेस प्रदेशमा विश्वनाथ मण्डल, बागमती प्रदेशमा केबी उप्रेती, गण्डकी प्रदेशमा रामबहादुर जिसी, लुम्बिनी प्रदेशमा भीम तुलाचन, कर्णाली प्रदेशमा हरिहरनाथ योगी र सुदुरपश्चिम प्रदेशमा विभागका उपप्रमुख निर्मल भट्टराईलाई तोएिको छ ।
यस्तै विषयतगत तथा विशिष्टिकृत सहकारी संघतर्फ राष्ट्रिय सहकारी महासंघमा संयोजनको जिम्मेवारी विभागका प्रमुख कमल चौलागाई, राष्ट्रिय सहकारी बैंकको संयोजनको जिम्मेवारी सदस्य केबी उप्रेतीलाई दिइएको छ ।
यस्तै नेफ्स्कुन हेर्ने जिम्मेवारी परितोष पौड्याल, केन्द्रीय कृषि सहकारी संघ खेम बहादुर पाठक, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघ खेम सुवेदी, उपभोक्ता केन्द्रीय सहकारी संघ टेकप्रसाद चौलागाई, पर्यटन केन्द्रीय सहकारी संघ रामशरण शर्मा घिमिरे, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ रमेश प्रसाद पोखरेल, नेपाल केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ शान्ति अधिकारी र मौरीपालन केन्द्रीय संघ हेर्ने जिम्मवारी सरिता भट्टराईलाई तोकिएको छ ।
यसैगरी बीउ विजन केन्द्रीय सहकारी संघको जिम्मेवारी देवराज पराजुली, चिया उत्पादक सहकारी संघ मिना ढकाल, उखु उत्पादक केन्द्रीय सहकारी संघ विश्वनाथ मण्डल, पशुपंक्षी केन्द्रीय सहकारी संघ शम्भु प्रसाद गुप्ता, जुनार केन्द्रीय सहकारी संघ भुवन विक्रम घिमिरे, कफि केन्द्रीय सहकारी संघ डिबि बस्नेत, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ राम बहादुर जिसी, जडिबुटी केन्द्रीय सहकारी संघ हरिहरनाथ योगी, विद्युत केन्द्रीय सहकारी संघ जिवसराज खड्का, सुपारी केन्द्रीय सहकारी संघ महेन्द्र गिरी तथा विशिष्टिकृत सहकारी संघ निर्मल भट्टराई र डा.खगराज शर्मालाई संयोजनको जिम्मेवारी दिइएको छ ।
विभागको बैठकले पार्टी सदस्यलाई सहकारी सम्बन्धी प्रशिक्षण दिनका लागि प्रशिक्षण डेक्स स्थापना गरेको छ । उक्त डेक्सको संयोजन गर्ने जिम्मेवारी विभागका सदस्य केशव पोखरेल, विभागको सूचना तथा सञ्चार डेक्सको जिम्मेवारी सदस्य राम बहादुर जिसी, कार्यालय व्यवस्थापनको जिम्मेवारी सदस्य खेम सुवेदी र समग्र विभागको कामको अनुगमनको जिम्मेवारी विभागीय प्रमुख कलम चौलागाई र उपप्रमुखहरु अमृता सुब्बा र निर्मल भट्टराईले गर्नेछन् ।
विभागले नेकपा एमालेको आगामी सहकारी नीतिका बारेमा सुझाव प्रस्तुत गर्नका लागि मिनराज कँडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन छ । कार्यदलमा केबी उप्रेती, रमेशप्रसाद पोखरेल, परितोष पौड्याल, केशव पोखरेल र डा.खगराज शर्मा सदस्य छन् ।
Leave a comment