सहकारीले दुरुपयोग गरे स्वरोजगार कोषको कर्जा

सहकारीले दुरुपयोग गरे स्वरोजगार कोषको कर्जा :: Sahakari Akhabar

काठमाडौं । सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोेग गरेको पाइएको छ । 
कोषले जथाभावी ऋण प्रवाह गर्दा सहकारीमा ऋणको जोखिम बढेको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले कोषको रकम दुरुपयोग भएको औल्याएको हो। 

कोषले पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरी लगानी गरेको भेटिएको हो । कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको पनि देखिएको छ । त्यस्तै एउटै व्यक्तिलाई दोहोरो ऋण दिइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले कास्की, लमजुङ, तनहुँ र बाग्लुङका १६ सहकारी संस्थाको अनुगमन गरेको थियो । त्यहाँका ५ सय २९ ऋणीको स्थिति अध्ययन गर्दा १ सय २६ ऋणीले व्यावसायिक निरन्तरता नदिएको प्रतिवेदनमा जनाइएको छ ।

२ वटा सुन पसललाई कार्यविधिले तोकेको प्रक्रिया नपु¥याई ऋण दिएको र २४ वटा लक्षित समूहमा नपर्ने ठूला व्यवसायीलाई ऋण दिएको प्रतिवेदनमा छ । 

मापदण्ड नपुगेका ५ सहकारी संस्थालाई लगानी गरेकोे पनि पाइएको छ । तोकिएको मितिमा ऋण फिर्ता नगर्ने १ हजार १ सय ७७ सहकारी संस्थालाई तोकिएबमोजिम कारबाही नगरिएको महालेखाले जनाएको छ । 

कोषले भने सहकारीको खराब कर्जाको जोखिम बढ्दै जाँदा पनि ऋण असुल्नका लागि कुदै कदम चाल्न सकेको छैन । 
 



Leave a comment