सहकारी मन्त्रीको भिजन : विभाग, बोर्ड र प्रशिक्षण केन्द्रको एकिकरण 

सहकारी मन्त्रीको भिजन : विभाग, बोर्ड र प्रशिक्षण केन्द्रको एकिकरण  :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकरण गर्ने बताएकी छिन् ।

सहकारी विभागले आयोजना गरेको ‘१० वर्षे भिजन पेपर तथा सहकारी कर्जा सूचना केन्द्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बोर्डमार्फत सहकारी प्राधिकरणको खाका बनाउन निर्देशन दिइएको र त्यसमा विभाग बोर्ड र प्रशिक्षण केन्द्रलाई एक ठाउमा ल्याउने बताइन् ।

सहकारी क्षेत्र हेर्ने सबै निकाय एकै ठाउँमा ल्याएर नयाँ संरचना बनाउन अपरिहार्य भइसकेको मन्त्री श्रेष्ठले भनाइ थियो । ‘धैरै संरचना चाहिन्छ भन्ने मलाई लाग्दैन’ उनले भनिन्, ‘भएका निकाय नै व्यवस्थित गर्नुपर्छ ।’

नियमन प्रभावकारी बनाउन भूमिका खेल्न नसकिएको मन्त्री श्रेष्ठले बताइन् । ‘सहकारीको नियमन र प्रवद्र्धन हुनैपर्छ’, उनले भनिन्, ‘त्यसमा विभिन्न कारणले नियमन नभएको हुन सक्छ ।’ ‘नयाँ संरचनामा जान कन्सेप्ट बनेको छ, छिट्टै हामी अघि बढ्छौं’ उनले भनिन् ।

सहकारीकर्मीले डिभिजन सहकारी कार्यालय मागेर मात्र नहुने उनले बताइन् । ‘धेरै नमाग्नुहोस्, भएका चिज बचाउन नै गाह्रो छ’ उनले भनिन्, ‘यो पनि नहुने, त्यो पनि नहुने र कहिँ पनि नरहने चिन्ता छ ।’मन्त्री श्रेष्ठले ६ महिना अघि नै भिजन पेपर सार्वजनिक गर्न खोजेको बताइन् ।

‘ढिलै भएपनि भिजन पेपरका लागि छलफल सुरुवात भएको छ, राम्रो बन्न सकोस् ।’ अभियानबाट लिखित सुझाव आएमा अझ सशक्त पेपर बनाउन सकिने उनले आशा व्यक्त गरिन् । ‘सहकारीले वास्तविक सदस्यलाई लाभ पुग्नेगरी सेवा दिनुपर्छ’ उनले भनिन्,‘वास्तविक उत्पादकले मूल्य प्राप्त गर्न सकोस् ।’

सहहकारी मूल्य, मान्यता अनुरुप चल्नुपर्ने उनले बताइन् । कर्जा सूचना केन्द्र स्थापना गरी सहकारीको जोखिम हटाउनुपर्नेमा उनले जोड दिइन् । 
 



Leave a comment