विभागको निर्देशन सकारात्मक : मेयर खत्री

विभागको निर्देशन सकारात्मक : मेयर खत्री :: Sahakari Akhabar

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले संघिय सहकारी  बिभागले जारी गरेकाे निर्देशन समुदायमा आधारित सहकारी संस्थाका लागि सकारात्मक रहेको बताएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा ‘सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्देशनबाट गैरसमुदायिक संस्थालाई नियम संगत सञ्चालन गर्न सचेत गराएको बताए ।

विभागको निर्देशन समुदायमा आधारित सहकारी संस्थाको पक्षमा रहेकाले यसको पालना गर्नुपर्ने मेयर खत्रीले जाेड दिए । उनले चाँगुुनारायण नगरपालिकाले स्थानीय सहकारी संस्थाको प्रबद्र्धन र विकासका लागि नगरसभाले नीति तथा कार्यक्रम सहित बजेट समेत पारित गरेको बताए । 

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुती गरे । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधी गर्न नसकिने बताए । सहकारीको कारोबारको आधारमा बर्गीकरण गर्न उनले सुझाए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा जानकारी दिए । उनले गोएएमएलमा दर्ता र प्रतिवेदन कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत जानकारी गराए । राज्यले सहकारी प्रबद्र्धन र विकासका लागि नै नयाँ प्रविधिको विकास गरिने भएकाले  कोपमिस र गोएएमएल सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

संघका सञ्चालक एवम् उपसमितिका सन्तोषी खतिवडाले ३५ बुँदे निदेशन, कोपमिस र गोएएमएलमा आबद्धता संस्था अझ नीतिगत रुपमा सबल हुने बताए । सहकारी ऐन, नियम र निर्देशनको पालना नगर्ने सहकारीमा समस्या देखिएको उनको भनाइ छ । ती समस्याले गर्दा सही ढंगले सञ्चालन गरेका सहकारीलाई पनि लज्जित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ सचेत गराए । 
 



Leave a comment