नाम मात्रैको सहकारी अनुसन्धान केन्द्र 

नाम मात्रैको सहकारी अनुसन्धान केन्द्र  :: Sahakari Akhabar

काठमाडौँ । सरकारले सहकारी क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य सहित नाम परिवर्तन गरेको सहकारी प्रशिक्षण अनुसन्धान केन्द्र परम्परागत तालिममा मात्र सिमित भएको छ । केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम गर्न सकेको छैन । 

संघीयता कार्यान्वयनसँगै सहकारी प्रशिक्षण केन्द्रसँग अनुसन्धान नाम जोडिए पनि केन्द्र तालिम कार्यक्रममा मात्र सिमित छ । केन्द्रका सहकारी प्रशिक्षक देवराज लुईटेल बजेट र जनशक्ति अभावका कारण अनुसन्धानको काम गर्न नसकिएको स्विकार गर्छन् । 

केन्द्रमार्फत यस वर्ष सहकारीका असल अभ्यासका बारेमा सहकारी संस्थाबाट विवरण संकलन गरिरहेको छ । यसलाई केन्द्रले अनुसन्धान नाम दिएको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उत्कृष्ट घोषणा गर्ने बताएपनि हालसम्म त्यसको नतिजा सार्वजनिक गरेको छैन । 

केन्द्रले वार्षिक रुपमा ५-६  करोड बजेट परिचालन गर्ने गरेपनि १ हजार आसपास सहकारीकर्मीलाई तालिम दिने बाहेक अन्य काम भएको छैन । 

राज्यले पनि सहकारी क्षेत्रमा अध्ययन अनुसन्धानका लागि प्राथमिकता दिएको छैन । 

संघियता कार्यान्वयनसँगै सहकारीको अधिकार स्थानिय तहसम्म पुगेपछि राज्यसँग सहकारीको तथ्यांक समेत छैन । जसको कारण सहकारी क्षेत्रका नीतिगत योजनाहरु हचुवाका आधारमा बन्दै आएका छन् । 

राज्यका निकायहरुले पनि आफ्ना आधिकारीक प्रतिवेदनमा सहकारीको हुचुँवा तथ्यांक राख्दै आएका छन् । 
 



Leave a comment