काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल भातरमा सम्मानित भएकी छिन् । १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार भारतको सहकारी मन्त्रालय र नेश्नल को–अपरेटिभ युनियन अफ भारतको संयुक्त आयोजनामा भएको एक भव्य समारोहकाबिच मल्ललाई गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गरे ।
मल्ललाई सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको हो । उनी नेपालबाट अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो नेपाली सहकारीकर्मी समेत हुन् ।
मल्लले नेशनल सेन्टर फर कोअपरेटिभ एजुकेसनबाट सहकारी शिक्षा र व्यस्थापनमा सन् २००५ मा डिप्लोमा गरेकी थिइन् ।
Leave a comment