राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई

राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेलाई  राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले  घिमिरेलाई ५० हजार नगदसहित अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सम्मान गरिन् । 

महासंघले उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ दोलखालाई पुरस्कृत गरेको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट पत्येक प्रदेशबाट १÷१ वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । 

प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था, मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था , बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएका छन् ।

गण्डकी प्रदेशबाट बागलुङको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, लुम्बिनी प्रदेशबाट बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भए ।

पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो । त्यसैगरी  उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ का व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानित भएका छन् ।
 



Leave a comment