काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको बताएकी छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको सऔं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सहकारी मार्फत भूमिको सदुपयोग गरी उत्पादनतर्फ अघि बढ्नुपर्ने बताइन् ।
‘गरिबी निवारण गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा राज्य र अभियान सहकार्य आवश्यक छ’ उनले भनिन् ।
मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आतुर रहेको बताइन् । सहकारीप्रतिको जनविश्वास बढाउन अभियानले भूमिका खेल्नुपर्ने उनले जोड दिइन् ।
सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानुनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने उनले बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्र्दै नेपालमा पनि सहकारीबाट नमूनायोग्य काम गर्न सकिने बताए ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यले पद त्याग गर्नुपर्ने बताए ।
सम्पत्ति सुद्धिकरणलाई सहकारी संघ÷संस्थाले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने उनको जोड थियो ।
महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसँग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताए ।
सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार नै सहकारी संघ÷संस्थाहरुलाई कर निर्धारण गर्न उनले आग्रह गरेका छन् ।
Leave a comment