काठमाडौं । हब कोअपरेटिभ सर्भिसले प्रेस विज्ञप्ति जारी गर्दै संस्थामा आवद्ध रहेका सदस्यको बचत रकम जोखिममा नरहेको दावी गरेको छ ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हिरामणि पौडेलद्धारा शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा यस संस्थासँग कारोबार गरिरहेका कुनै पनि सदस्यको निक्षेप जोखिममा नरहेको जनाएको हो ।
संस्था बिरुद्ध केही व्यवसायीक प्रतिस्पर्धी समुह तथा व्याक्तीहरुको उक्साहटमा केही सञ्चार माध्यममा अनर्गल र भ्रामक समाचार प्रकाशित भएको संस्थले दावी गर्दै गम्भिर ध्यानआर्षण भएको उल्लेख गरेको छ ।
गतवर्ष देखि यस संस्थाले वित्तीय कारोबार सुरु गरेकोमा हालसम्म शेयर र निक्षेप गरि १२ करोड ननाघेको उल्लेख गरिएको छ ।
तर, केही सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी संकलन गरेको, सदस्यले निक्षेप गरेको बचत रकम जोखिममा रहेको भ्रामक समाचार प्रकाशित गरेको भन्दै संस्थाका सदस्य, शुभचिन्तक, सरोकारवाला निकाय सबैमा सत्य तथ्य बुझी स्पष्ट हुन हार्दिक अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, र संस्थाको स्विकृत विनियम अन्र्तगत हब सहकारी सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले सहकारी ऐन २०७४ को दफा २५ को उपदफा (झ) अनुसार विनियम स्वीकृत गरिएर कारोबार गरिरहेको जनाइउको छ ।
Leave a comment