हाइलाइट

विश्व सहकारी अभियान र बेलायती आधिपत्य

विश्व सहकारी अभियान र बेलायती आधिपत्य :: Sahakari Akhabar

विश्व सहकारी अभियानका लागि आज ऐतिहासिक महत्वको दिन हो । आज १ सयौं अन्तर्राष्ट्रिय सहकारी दिवस (कोप्स् डे), २८ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस हो । यस्तै, संयुक्त राष्ट्र संघले पहिलो पटक सन् २०१२ मा घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाएको पनि यसै अंग्रेजी वर्षको अन्त्यमा एक दशकपूरा हुँदैछ । नेपालको परिप्रेक्ष्यमा भने आज २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि मनाइदैछ ।

कोप्स डे को इतिहास

विश्व सहकारी अभियान सुरु भएको १ सय ७८ वर्ष पुगेको छ । तर पनि, विश्वले सन् १९२३ देखि औपचारिक रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । सोही वर्षदेखि प्रत्येक जुलाई महिनाको पहिलो शनिबार विश्वभर कोप्स डे मनाउन थालिएको हो ।

न्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) स्थापनाको १ सय वर्ष पूरा भएको ऐतिहासिक अवसर पारेर सन् १९९५ मा संयुक्त राष्ट्र संघले पनि कोप्स डेलाई विधिवत् मान्यता प्रदान गरेको थियो ।सन् १९९२ डिसेम्बर १६ मा सम्पन्न राष्ट्र संघीय महासभाले प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने निर्णय (प्रस्तावः ४७/९०) पारित गरेको थियो । आइसीएले सन् १९२३ देखि मनाउँदै आएको दिनलाई नै राष्ट्र संघले कोप्स् डे को रुपमा पनि मान्यता प्रदान गरेको हो ।

सन् १९९५ देखि आइसीए तथा राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवद्र्धन समिति–कोप्याकले संयुक्त रुपमा कोप्स् डेको नारा तय गर्दै आएका छन् । यस वर्षको कोप्स् डे को नारा ‘सहकारीले समुन्नत विश्व निर्माण गर्दछ’ तय गरिएको छ ।

विश्वमा सहकारी

विश्वको पहिलो सहकारी बेलायतको रोचडेलस्थित टोड लेनमा सन् १८४४ डिसेम्बर २१ मा २८ जना अगुवाहरुको प्रयासमा स्थापना भएको थियो ।आज विश्वको कम्तिमा १२ प्रतिशत जनसंख्या कुनै न कुनै रुपमा ३० लाख सहकारीमा आबद्ध छन्।

सहकारीले विश्वमा १० प्रतिशत रोजगारी सृजना गरेको छ । विश्वका ३ सय ठूला सहकारीहरुले २ हजार १ सय ४६ विलियन अमेरिकी डलर बराबरको वार्षिक कारोबार गर्छन् ।मुल्य, मान्यता र पृथक सिद्धान्तका आधारमा चल्ने सामाजिक व्यवसायका रुपमा यसलाई अंगीकार गरिएको छ । हाल विश्वका १ सय १२ देशका ३ सय १८ सहकारी संघ संस्था आइसीएका सदस्य छन्।

सदस्य र समुदायकेन्द्रीयत व्यावसायिक मोडलका रुपमा सहकारी स्थापित छ । चुनौतीहरुको चाङका बाबजूत सहकारी अन्य व्यवसाय भन्दा पृथक छ र यो प्रजातन्त्रको असली अभ्यासकर्ता हो जसले ‘सदस्यतन्त्र’मा विश्वास गर्छ भन्ने मानक स्थापनाका खातिर विश्व सहकारी अभियान लागिपरेको छ । 

सहकारी र बेलायत

सहकारी विकासक्रमलाई पूर्वीय सभ्यतासँग जोडेर हामी जति नै आत्मरतिमा रमाएपनि पश्चिमाहरुले वैधानिकता र विराटताको बाटो रोजेर आफ्ना गतिविधिलाई दस्तावेजीकरण गरिसकेका छन् ।सोही कारण सहकारीका ऐतिहासिक उपलब्धि र घटनाक्रम खोतल्दै जाँदा युरोपतिर नै हामी ठोक्किन्छौं । अझ भन्ने हो भने कुनै कालखण्डमा भौगोलिक, आर्थिक, सामाजिक र साँस्कृतिक साम्राज्यवादको सम्राट रहेको बेलायतले सहकारी क्षेत्रमा पनि साम्राज्यवाद नै खडा गरेको पाइन्छ ।

विश्वको पहिलो सहकारी– रोचडेल एक्विटेवल पायोनियर्स सोसाइटी (सहकारी उपभोक्ता पसल), विश्व सहकारी अभियानका पिता, पहिलो सहकारी सम्मेलन, आइसीएस्थापना, पहिलो सहकारी सम्मेलनको अध्यक्षता, आइसीएको पहिलो कार्यालय, आइसीएका साधारण सभाहरु (मुख्यालय बेल्जियमको ब्रसेल्समा भएपनि), आइसीएद्वारा गरिएका महत्वपूर्ण निर्णयहरुसबै बेलायती भूमिमै भएका छन् ।

यस्तै, रोचडेल अघि नै अभ्यासमा रहेको सहकारी पनि बेलायतकै भूमिभित्र गनिने स्कटल्याण्डको फेनविकमा सन् १७६१ को मार्च १४ मा स्थापना भएको थियो । उत्पीडित श्रमिकहरुको संगठति विद्रोहले जन्माएको सन्तान थियो ‘फेनविक् विभर्स सोसाइटी’ । त्यसकै विकसित र बलियो रुप थियो–२८ रोचडेली अगुवाहरुले टोड लेनमा स्थापना गरेको पहिलो सहकारी उपभोक्ता पसल ।

विश्व सहकारीका पिता रोबर्ट ओवेन पनि बेलायतको न्यूटाउनमै जन्मेका थिए । सहकारी साँच्चिकै श्रमिक, शोषित तथा पिछडिएको वर्गको उत्थानको निम्ति अरु कसैले गर्दिने होइन ‘आफु आफु मिलेर आफ्नै लागि गर्न सकिने सम्भावना’ सहकारी हो भन्ने बाटो पनि उनै बेलायती ओवेनले देखाएका थिए ।

नेपालसँगै विश्वका सहकारीकर्मीहरु ओवेनको जन्मस्थान, रोबर्ट ओवेन म्युजियम(सन् १९३१) जुन घरमा पहिलो सहकारी स्थापना भएको थियो, आदि पुग्न खोज्छन्, जान्न, बुझन् र बुझाउन खोज्छन् ।सहकारीको जननी मानिने बेलायतलाई सहकारीको मक्का मदिनाको रुपमा समेत लिइन्छ ।

यस्तै, डा. विलियम किङको जन्म पनि बेलायतको ब्राइटनमै जन्मिएका थिए जसले सहकारी अभ्यास मातृभूमिमै गरेर योगदान दिए ।उनी ओवेनाइट (ओवेनको विचारधारा समर्थक) थिए जसलेश्रमिक वर्गहरुले आफ्नो उत्थानको निम्ति सानो नै किन नहोस् सहकारीको आड लाग्नुपर्छ भन्ने मान्यताका साथ काम गरेका थिए ।

उनी सहकारी प्रशिक्षक झै भए । कतिपय बेलायतीहरुले उनलाई पनि सहकारी अभियानका पिता नै भन्छन् र ओवेनजत्तिकै आदर पनि गर्छन् ।उनकै लेखन तथा सम्पादनमा सहकारी अभियानको पहिलो जर्नल द कोअपरेटर प्रकाशित भएको पाइन्छ सन् १८२२ तिर जसको पुनर्मुद्रण १ सय वर्ष पछि भएको थियो ।

पहिलो सहकारी सम्मेनलले गठन गरेको आइसीएको अध्यक्षता अल्बर्ट हेनरी जर्जले गरेका थिए जो बेलायती नै थिए ।आइसीएको पहिलो मुख्यालय पनि लन्डनमै राखियो जुन पछि स्वीट्जरल्याण्डको राजधानी जेनेभा हुँदै बेल्जीयमको राजधानी ब्रसेल्स सारिएको हो । सन् १८९५ को अगष्ट १९ देखि २३ सम्म बेलायतको म्यान्चेष्टरमा सम्पन्न प्रथम सहकारी सम्मेलनले विश्व सहकारीको साझा मञ्चका रुपमा आइसीए स्थापना गरेको थियो।

बेलायतसँगै अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिकाका सहकारीकर्मीहरुको तत्कालीन सम्मेलनले सहकारीबारे सूचना, जानकारी, सात सिद्धान्तहरुको प्रतिरक्षासँगै अन्तर्राष्ट्रिय व्यापार विकास गर्ने प्राथमिक उद्देश्यले आइसीए गठनको निर्णय लिएका थिए । त्यही आइसीए विश्वमा सबैभन्दा ठूलो सदस्य सञ्जाल भएको गैर सरकारी निकायहरुमध्येको एक मानिन्छ ।

आइसीएको पहिलो महिला अध्यक्ष पनि बेलायती राजनीतिज्ञ डेम पलिन ग्रीन बनिन् । उनकै अध्यक्षता कालमा संयुक्त राष्ट्र संघीय महासभाले पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ घोषणा गरेको थियो जसलाई विश्व सहकारी अभियानको एउटा ‘माइलस्टोन’ मानिन्छ ।

विश्व सहकारी अभियानमा सधै चर्चा हुने म्यानचेष्टर बैठक पनि बेलायतमै भएको थियो । हाल आधिकारिक रुपमा विश्वले स्वीकार गरेको सहकारीको परिचय, मुल्य, मान्यता र सिद्धान्तहरुको विस्तृत व्याख्या गरिएको सन् १९९५ को आइसीएको दस्तावेज‘स्टेटमेन्ट अफ कोअपरेटिभ आइडेन्टीटी’ पनि बेलायती बैठकबाटै जारी भएको थियो ।

उक्त म्यानचेष्टर बैठकले सहकारी मुल्य, मान्यता र सिद्धान्तहरुमाथि सघन बहस गर्दै संशोधन र सुधार गरी विश्वलाई जानकारी गराएको थियो । आइसीएको त्यही दस्तावेज नै आज नेपालसँगै विश्वमा सहकारी अभियान स्थापित भएका मुलुकहरुमा बनेका सहकारी काुनन, नियम, नीति र निर्देशन आदिको मुख्य स्रोत बनेको छ ।

सहकारी खोज्दा बेलायत खोजिन्छ, देख्दा बेलायत देखिन्छ र सुन्दा बेलायती सुनिन्छ ।संख्यात्मक हिसाबले भन्ने हो भने बेलायतमा ७ हजार बढी सहकारीहरु छन् ।संख्या र गुणस्तरमा विश्वका अरु मुलुकहरुले बेलायतलाई पछि पारेका छन् ।

आइसीएले नै सार्वजनिक गर्ने विश्वका ३ सय ठूला सहकारीहरुको पछिल्लो सूचीको पहिलो दश भित्र बेलायत छैन तै पनि बेलायती प्रभुत्व सहकारी अभियानमा रहँदै आएको छ । बलियो बेलायत सहकारी क्षेत्रका लागि पनि बलियो नै बन्यो ।

नेपालसँगै विश्वका सहकारीकर्मीहरु ओवेनको जन्मस्थान, रोबर्ट ओवेन म्युजियम(सन् १९३१) जुन घरमा पहिलो सहकारी स्थापना भएको थियो, आदि पुग्न खोज्छन्, जान्न, बुझन् र बुझाउन खोज्छन् ।सहकारीको जननी मानिने बेलायतलाई सहकारीको मक्का मदिनाको रुपमा समेत लिइन्छ ।

सहकारीको अबको मार्गचित्र

सहकारीले साँच्चिकै उन्नत भविष्य निर्माण गर्छ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको भाष्यलाई सार्थक बनाउन अब दिगो विकासका आयामहरुमा सहकारी योगदानका मापनयोग्य आधारहरु तयार गर्नुपर्ने बेला आएको छ । किनकि, सहकारी अभियान दिगो विकास लक्ष्य प्राप्तिको संवाहक हो भन्ने विषय स्वयं राष्ट्र संघदेखि नेपाल सरकारले समेत स्वीकार गरिसकेको अवस्था छ ।

दिगो विकासका लक्ष्यहरु पूरा गर्ने दिशामा सहकारीको भूमिकाको मुल्याङ्कन र समीक्षा हुँदा गर्व गर्न लायक परिस्थिति सृजना गर्नेतर्फ अब सबैको ध्यान जानु अत्यावश्यक छ । किनकि सदस्यको बहुआयामिक विकास र समृद्धिमा सहकारीको भूमिकाका विषयहरु दिगो विकासका लक्ष्यहरुसँग प्रत्यक्ष समेटिएका छन् ।



Leave a comment